रोवोरेस प्रतियोगिताका उपविजेता विद्यार्थीहरुलाई धरान उच्चको सम्मान

  • माघ १७, २०८०
  • १,१३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघः कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।
रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो ।
विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो ।विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो ।

DHARAN UCHHA = 2
विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्च विज्ञान संकायका प्रोग्राम कोअर्डिनेटर सुनिल कुमार भगत लगायतले खदा मालाले सम्मान गर्दै वधाई ज्ञापन गरेका थिए ।
विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको प्रोग्राम कोअर्डिनेटर भगतले वताए ।
विद्यार्थीहरुमा भएको क्षमतालाई प्रष्फुटन गर्न र विज्ञानको क्षेत्रमा विद्यार्थीलाई अघी वढाउदै लानको लागि विद्यार्थीलाई सहभागी गराएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाको भनाई रहेको छ ।
प्रतियोगिताबाट आफूहरुलाई विज्ञान क्षेत्रमा अघि वढन प्रोत्साहन मिलेको टिम प्रमुख आयाम खवासले वताए ।
प्रतियोगितामा कोशी प्रदेश भरीका १४ वटा उच्च माविको सहभागीता रहेको थियो ।

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic