रोवोरेस प्रतियोगिताका उपविजेता विद्यार्थीहरुलाई धरान उच्चको सम्मान

  • माघ १७, २०८०
  • १,१७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघः कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।
रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो ।
विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो ।विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो ।

DHARAN UCHHA = 2
विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्च विज्ञान संकायका प्रोग्राम कोअर्डिनेटर सुनिल कुमार भगत लगायतले खदा मालाले सम्मान गर्दै वधाई ज्ञापन गरेका थिए ।
विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको प्रोग्राम कोअर्डिनेटर भगतले वताए ।
विद्यार्थीहरुमा भएको क्षमतालाई प्रष्फुटन गर्न र विज्ञानको क्षेत्रमा विद्यार्थीलाई अघी वढाउदै लानको लागि विद्यार्थीलाई सहभागी गराएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाको भनाई रहेको छ ।
प्रतियोगिताबाट आफूहरुलाई विज्ञान क्षेत्रमा अघि वढन प्रोत्साहन मिलेको टिम प्रमुख आयाम खवासले वताए ।
प्रतियोगितामा कोशी प्रदेश भरीका १४ वटा उच्च माविको सहभागीता रहेको थियो ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic