छाल खवर
धरान,१९ माघः च्याम्पियन सेकेण्डरी बोर्डिङ स्कुल धरान–१९को तीन दिवसिय खेलकुद शुक्रवार सम्पन्न भएको छ।
खेलकुदको समापन सहित विभिन्न बिधामा बिजेता भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।
नर्सरी देखि कक्षा–१० सम्मका बिजेता बिद्यार्थीहरुलाई स्कुलकी प्रिन्सिपल नाजु सुवेदी, भाईस प्रिन्सिपल ज्योत्स्ना लिम्बू लगायतले मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।
स्कुलले गुणस्तरीय शिक्षाका साथै बिद्यार्थीहरुको मानसिक र शारीरिक तन्दुरुस्तीका लागि खेलकुदको आयोजना गरेको प्रिन्सिपल सुबेदीले बताइन ।
मङ्गलबार देखि बिहिवार सम्म सम्पन्न भएको खेलकुदमा टग अफ वार, फुट्सल, स्याक रेस, म्युजिकल चेयर, स्पुन रेस, हन्डी फोर, म्याथ रेस लगायतका खेलहरु खेलाईएको स्कुलले जनाएको छ।
गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको च्याम्पियन स्कुलले बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि नियमित रुपमा अतिरिक्त क्रीयाकलापमा समेत जोड दिदै आएको छ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic