विष्णु मेमोरीयल स्कुलमा गणित प्रयोगशाला प्रर्दशनी

  • माघ २२, २०८०
  • २,०२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघः विष्णु मेमोरीयल स्कुल धरान–९ले गरेर सिक्ने भन्ने अभियानका साथ गणित प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरुले आफैले गरेर सिक्ने अभियानमा आफैबाट गर्न सकुन भन्ने उदेश्यले स्कुलले सो कार्यक्रम गरेको हो ।

bishnu schoolnews 2 प्रर्दशनीमा ६ देखि ९ कक्षासम्मका ७६ जना विद्यार्थीहरुको समूहले विभिन्न गणितका प्रयोगात्मक सामाग्रीको प्रदेशनी गरेका थिए ।

पढेर मात्र नभएर अभ्यास गरेर पनि छिटो जान्न सकिन्छ भन्ने विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिनको लागि गणित प्रदर्शनीको आयोजना गरीएको स्कुलमा प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।

विद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञानसंगै व्यवहारीक ज्ञान दिनको लागि प्रदर्शनीको आयोजना गरीएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरीनै लगिने श्रेष्ठको भनाई रहेको छ ।

स्कुलका गणित विषयमा शिक्षक सन्जु श्रेष्ठले विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिएर सिकाईलाई प्रभावकारी वनाउनको लागि कार्यक्रमको आयोजना गरीएको वताउनुभयो ।

सैद्धान्तिक रुपमा अध्यक्ष गर्दा वुझ्नको लागि धेरै समय मेहनत गर्नुपर्ने र वुझ्न समय लाग्ने हुन्छ तर यसरी व्यवहारीक रुपमा सामाग्री तयार गरेर व्यवहारीक रुपमा ज्ञान दिदा विद्यार्थीहरुलाई सिक्न सहज हुने शिक्षक श्रेष्ठको भनाई रहेको छ ।

विष्णु स्कुलले पढाईका अतिरिक्त विभिन्न व्यवहारीक ज्ञान दिने कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आएको छ ।

पढाईमा धरानकै अव्वल स्कुलको रुपमा रहेको विष्णुले विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै गएको छ ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic