युएन कलेज र नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलमा सरस्वती पुजा सम्पन्न

  • फागुन ३, २०८०
  • १,९०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुन ः युएन कलेज र नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलले बुधबार बिद्याकी देवि सरस्वतीको पुजा भब्य रुपमा सम्पन्न गरेको छ।

स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, अभिभावक र आगन्तुकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको यु।एन। कलेजका प्रमुख एबम नबोदय स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।

बिद्यालय नगएका बालबालिकालाई आज९सरस्वती पुजा० को दिन अक्षर शुभारम्भ गराउदा शुभ साईत मानिन्छ।साथै कुनै पनि नया कामको थालनी गर्न पनि आजको दिन अत्यन्तै राम्रो साईत मानिन्छ।आजै नया बालबालिकाहरुलाई अक्षर शुभारम्भ गराएको प्रीन्सिपल तुम्बापोले बताउनु भयो।

सरस्वती ज्ञान(विज्ञान, कला(शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । तर यो बर्ष भने वसन्त पन्चमी (सरस्वती पुजा) फाल्गुण –२ गते परेको छ।यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि(विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास रहि आएको छ।

सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्दछन।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic