प्याव्सन धरानको कार्यक्रम सम्पन्न

  • फागुन ५, २०८०
  • २,२४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुनः नगर प्याव्सन धरानको आयोजनामा भएको दोस्रो अध्यक्ष रनिङ कपको उपाधि प्रभात इङ्लिस स्कुल धरान १२ले हात पारेको छ ।

प्रभातले नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाण–पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा उपविजेता हुन सफल होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले नगद १२ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तेस्रो हुने शिक्षा सन्देश वोडिङ स्कुलले नगद ९ हजार ट्रफि मेडल र प्रमाण पत्र हात प्राप्त गरेको छ ।

प्रतियोगितामा धरान प्याव्सन अन्र्गतका स्कुल मध्येबाट २० वटा स्कुल सहभागी भएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम वेघाले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको सभापतित्व प्याव्सन नगर अध्यक्ष राजकुमार लिम्वुलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव रविन न्यौपाने गरेका थिए ।

धरान–१७ स्थित एन्फा एकेडेमीको मैदानमा भएको सो खेलमा एन्फा सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा प्याव्सन सुनसरी अध्यक्ष अनुप योञ्जन तामाङ,धरान फुटवल क्लवका अध्यक्ष प्रताप तामाङ, एन्फा सुनसरी अध्यक्ष नविन राई लगायतको उपस्थिति रहेकोस थियो ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic