उद्योग वाष्णिज्य संघको धरान एक्पो नामको मेलामा पदाधिकारीले एकलौटी गरेको आरोप खेल तमासा २५ लाखमा ठेक्का

  • फागुन ९, २०८०
  • ४,६४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गर्न लागेको धरान एक्पो नामको मेलाप्रति कार्यसमितिले नै असन्तुष्टी जनाएकाछन् ।

फागनु ११ गते देखि २३ गते सम्म संचालन हुन लागेको मेलाको विषयमा पदाधिकारीहरुले आफू खुशी गर्ने गरेको भन्दै कार्यसमितिले असन्तुष्टी जनाएका हुन् ।

पदाधिकारीहरुले जुनसुकै विषयमा एकलौटी र आफू खुशी कार्य गर्ने गरेको कार्यसमितिका एक सदस्यले बताए ।

मेलामा राखीएका स्टलहरु पनि पदाधिकारीहरुले आफ्ना आफन्त र आफ्ना सहयोगीहरुलाई आफूखुशी दिएको आरोप समेत लगाएकाछन् ।

कार्यसमिति नै असन्तुष्ट रहेको मेलाको उद्घाटनमा पर्यटन मन्त्री सुधन किराती आउने कुराको चर्चा चलेपनि आफूलाई औपचारीक रुपमा जानकारी नभएको नभएको ती सदस्यले वताएकाछन् ।

गत वर्ष पनि कार्यसमितिलाइृ जानकारी नगराई वैंकमा राखीएको मुद्ध्ती (फिक्स डिपोजिट)को नगद २० लाख मेलाको लागि निकालिएको र त्यो पैसा पुन खातामा नहालेको समेत ती सदस्यले जनाएकाछन् । फिक्स डिपोजिटमा राखीएको रकम समय नपुगी निकाल्न पाइदैन तर गत साल मेलाका लागि भनेर त्यो रकम निकालिएको थियो जुनकुरा हामीलाई थाहा थिएन । पछि जानकारी भयो ।मेला घाटामा गएको भन्दै सो रकम संघले जम्मा गर्न सकेको छैन् ।

यस पटकको मेला २५ लाखमा ठेक्का सम्झौता गरेको चर्चा चलेपनि यसलाई पदाधिकारीहरुले गोप्य राखेको वुझीएको छ ।

स्थानीय व्यवसायीहरुलाई समेटनुको सट्टा मनोखुशी गरेको र कार्यसमितिसंग कुनै सल्लाह नगरी काम गर्ने गरेको सदस्यको भनाई रहेको छ । उनले भने हामी निरीह छौं कति स्टल लाग्यो के भईरहेको छ कहा कहाबाट मेलालाई सहयोग आउने हो केही पदाधिकारीहरुलाई मात्र थाहा हुन्छ एकलौटी काम भईरहेको छ ।

कार्यसमिति भित्र नै असन्तुष्टी भएपनि मेला विवादास्पद हुने आशंकाले प्रमुख अतिथि सुधन किराती नै कार्यक्रममा आउनको लागि अन्यौलमा रहेको सचिवालय स्रोतको भनाई रहेको छ ।

मन्त्रीले उद्घाटन गरेको कार्यक्रम नै विवाद होला कि भनेर सचिवालय सचेत रहेको पनि स्रोतले वताएको छ । सचिवालयका एक कर्मचारीले भने के गर्ने भनेर सल्लाह गरीरहेका छौं आन्तरीक विवाद छ भन्ने हामी कहा सुचना आएको छ वास्तविकता के हो त्यसलाई वुझेर मात्र अघि वढछौं ।

सो विषयमा संघका अध्यक्ष विजय श्रेष्ठले वारम्वार वोलाउदा पनि नआउने तर गुनासाहरु मात्र गरीरहने केही सदस्यहरु रहेको वताए । उनले वारम्वार वोलाएको तर कुनै पनि समयमा संघको कार्यक्रममा नआएकाहरुको गुनासो आएको आरोप समेत लगाए ।

अध्यक्ष श्रेष्ठले ठेक्काको विषयमा सवैको ठेक्का नभएर खेल तमासाको मात्र २५ लाखमा दिएको जानकारी दिएकाछन् ।अन्य व्यवस्थापन महासंघको केन्द्रबाट आएको टिमले नै गर्ने स्पष्ट पारेकाछन् ।

 

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic