उद्योग वाष्णिज्य संघको धरान एक्पो नामको मेलामा पदाधिकारीले एकलौटी गरेको आरोप खेल तमासा २५ लाखमा ठेक्का

  • फागुन ९, २०८०
  • ४,७४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गर्न लागेको धरान एक्पो नामको मेलाप्रति कार्यसमितिले नै असन्तुष्टी जनाएकाछन् ।

फागनु ११ गते देखि २३ गते सम्म संचालन हुन लागेको मेलाको विषयमा पदाधिकारीहरुले आफू खुशी गर्ने गरेको भन्दै कार्यसमितिले असन्तुष्टी जनाएका हुन् ।

पदाधिकारीहरुले जुनसुकै विषयमा एकलौटी र आफू खुशी कार्य गर्ने गरेको कार्यसमितिका एक सदस्यले बताए ।

मेलामा राखीएका स्टलहरु पनि पदाधिकारीहरुले आफ्ना आफन्त र आफ्ना सहयोगीहरुलाई आफूखुशी दिएको आरोप समेत लगाएकाछन् ।

कार्यसमिति नै असन्तुष्ट रहेको मेलाको उद्घाटनमा पर्यटन मन्त्री सुधन किराती आउने कुराको चर्चा चलेपनि आफूलाई औपचारीक रुपमा जानकारी नभएको नभएको ती सदस्यले वताएकाछन् ।

गत वर्ष पनि कार्यसमितिलाइृ जानकारी नगराई वैंकमा राखीएको मुद्ध्ती (फिक्स डिपोजिट)को नगद २० लाख मेलाको लागि निकालिएको र त्यो पैसा पुन खातामा नहालेको समेत ती सदस्यले जनाएकाछन् । फिक्स डिपोजिटमा राखीएको रकम समय नपुगी निकाल्न पाइदैन तर गत साल मेलाका लागि भनेर त्यो रकम निकालिएको थियो जुनकुरा हामीलाई थाहा थिएन । पछि जानकारी भयो ।मेला घाटामा गएको भन्दै सो रकम संघले जम्मा गर्न सकेको छैन् ।

यस पटकको मेला २५ लाखमा ठेक्का सम्झौता गरेको चर्चा चलेपनि यसलाई पदाधिकारीहरुले गोप्य राखेको वुझीएको छ ।

स्थानीय व्यवसायीहरुलाई समेटनुको सट्टा मनोखुशी गरेको र कार्यसमितिसंग कुनै सल्लाह नगरी काम गर्ने गरेको सदस्यको भनाई रहेको छ । उनले भने हामी निरीह छौं कति स्टल लाग्यो के भईरहेको छ कहा कहाबाट मेलालाई सहयोग आउने हो केही पदाधिकारीहरुलाई मात्र थाहा हुन्छ एकलौटी काम भईरहेको छ ।

कार्यसमिति भित्र नै असन्तुष्टी भएपनि मेला विवादास्पद हुने आशंकाले प्रमुख अतिथि सुधन किराती नै कार्यक्रममा आउनको लागि अन्यौलमा रहेको सचिवालय स्रोतको भनाई रहेको छ ।

मन्त्रीले उद्घाटन गरेको कार्यक्रम नै विवाद होला कि भनेर सचिवालय सचेत रहेको पनि स्रोतले वताएको छ । सचिवालयका एक कर्मचारीले भने के गर्ने भनेर सल्लाह गरीरहेका छौं आन्तरीक विवाद छ भन्ने हामी कहा सुचना आएको छ वास्तविकता के हो त्यसलाई वुझेर मात्र अघि वढछौं ।

सो विषयमा संघका अध्यक्ष विजय श्रेष्ठले वारम्वार वोलाउदा पनि नआउने तर गुनासाहरु मात्र गरीरहने केही सदस्यहरु रहेको वताए । उनले वारम्वार वोलाएको तर कुनै पनि समयमा संघको कार्यक्रममा नआएकाहरुको गुनासो आएको आरोप समेत लगाए ।

अध्यक्ष श्रेष्ठले ठेक्काको विषयमा सवैको ठेक्का नभएर खेल तमासाको मात्र २५ लाखमा दिएको जानकारी दिएकाछन् ।अन्य व्यवस्थापन महासंघको केन्द्रबाट आएको टिमले नै गर्ने स्पष्ट पारेकाछन् ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic