क्याम्ब्रिजमा एसइईका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण

  • वैशाख ७, २०८१
  • २,७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ वैशाखः क्याम्व्रीज ईन्स्टिच्युट अफ टेक्नोलोजि धरानले आयोजनामा एसइई दिएर बसेका बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

धरान–१ छाता चोक आफ्नै सभाहलमा विहिवार बिद्यार्थीहरुलाई ब्रिजकोर्स सम्बन्धी अभिमुखिकरण गराइएको हो ।

उक्त कार्यक्रममा ५० जना बिद्यार्थीहरु सहभागि रहेको ईन्स्टिच्युटका शाखा प्रमुख लक्ष्मण दाहालले जानकारी दिए । उनका अनुसार बिद्यार्थीहरुलाई पिसिएल नर्सिङ, साइन्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी अभिमुखिकरण गराइएको थियो ।

कार्यक्रममा कान्तिपुर हस्पिटल काठमाङौँमा कार्यरत डा. आशिष ढुंगाना र ईन्स्टिच्युट शाखा प्रमुख दाहालले सहजिकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. ढुङ्गानाले नर्सिङ बिषयको महत्व र भविष्यका बारेमा समेत बिद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

कार्यक्रममाकेन्द्रीय प्रविधी क्याम्पस हात्तीसारका लेक्चर महेश शाह र पूर्वाञ्चल इन्जििनियरिङ क्याम्पसका लेक्चर प्रभाब भट्टराईको समेत उपस्थिती रहेको थियो ।

बिद्यार्थीहरुलाई के बिषय पढ्ने भन्ने अन्योलता नहोस् भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना ईन्स्टिच्युटका शाखा प्रमुख दाहालले बताए ।

पिसिएल नर्सिङ, साइन्स ब्रिज कोर्स र सिटीइभीटी प्रबेश परिक्षासम्बन्धी तयारीका कक्षाहरु आउदो बैशाख ९ गतेबाट संचालन हुने ईन्स्टिच्युटले जनाएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic