खाडी पस्न बाकी छ

  • वैशाख ९, २०८१
  • १,०३० पटक पढिएको
  • छाल खबर

मैले मास्टर डिग्री गरे अब
सर्टिफिकेट थन्काएर
खाडी पस्न बाकी छ ।

लाखौ खर्च गरी डिग्री पढाएका
मेरा बा आमाले पाँच हजारको
हरियो पासपोर्ट बनाएर खाडी पठाउन बाकी छ ।

म सानो छ दा पढेर के बन्छौ भनि सोध्नेहरुलाई पढेर ठूलो मान्छे हुन्छु भन्थे तर अब खाडी जान्छु भन्न मात्र बाकी छ ।

खेतबारी धितो राखी पढेको मैले अब खाडी जान झुप्रो घर धितो राखन बाकी छ ।

त्यागेर मैले आफ्नो सपना बेरोजगारको युद्ध लडदै पैसाको मुखमा पर्दै खाडीको तातो घाममा लडिबुडी गर्न मात्र बाकी छ ।

रोजगारीको लागि शिक्षाको सर्टिफिकेट होईन सत्तामा आफ्नो मान्छे चाहिदो रहेछ अब जागिरको लागि तोरी सर्टिफिकेट खोइ होईन तेरो मान्छे खोई भन्न मात्र बाकी छ ।

के अर्थ भो र हामी गरिबले मास्टर डिग्री गरेको सरकार कोटा सत्ता र पदमा आफनै मान्छे राखेपछि हामी गरिबलाई पिल्साएर तिमीले भोज गर्न मात्र बाकी छ ।

मैले मास्टर डिग्री गरेको अब सर्टिफिकेट थन्काएर खाडी पस्न बाकी छ ।।

(ममिता राई
धरान १७ पटनाली

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic