एसईई आईडलको पहिलो अडिसनबाट ९५ जना छनोट विद्यार्थीको आकर्षण बढ्दो

  • वैशाख ११, २०८१
  • २,०२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ वैशाखः कोशि प्रदेस स्तरीय एसईईआईडलको पहिलो अडिसनबाट ९५ जना छनोट भएका छन।

फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको आइडलमा सो विद्यार्थी छनौट भएका हुन ।

धरान(१६ स्थित यु।एन। सेमिनार हलमा सनिबार भएको पहिलो चरणको अडिसनबाट गायन र नृत्य दुवै गरि ९५ जना सहभागीहरु दोश्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ। सहभागिहरुलाई डिजिटल र फिजिकल(प्रत्यक्ष उपस्थित भएर) गरि दुई प्रकारले अडिसन लिईएको थियो।

फिजिकल र डिजिटल गरि २ सय ५० जना बिद्यार्थीहरु सहभागी भएको कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनुभयो।

धरान र धरान आसपासका सहभागिहरुलाई फिजिकल र त्यस बाहेकका टाढाका सहभागिहरुलाई डिजिटल माध्यमबाट अडिसन लिइएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो।

डिजिटल अडिसनका लागि बैशाख (१५ गतेसम्मको समयावधि दिइएको छ। टाढा टाढाका सहभागिहरुलाई पहिलो अडिसनमा दुस्ख नहोस भनेर डिजिटल अडिसनको ब्यबस्था गरिएको र दोश्रो चरणदेखी भने फिजिकल अडिसन नै दिनु पर्ने अध्यक्ष तुम्बापोले जानकारी दिनु भयो।

पहिलो अडिसनको गायन तर्फको निर्णायकमा भोइस अफ नेपाल सिजन(२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू र नृत्य प्रशिक्षकरगायक बिनायक राई थिए।

त्यस्तै नृत्य तर्फको निर्णायकमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई र एस।ई।ई।डान्सिङ स्टार सिजन(१ कि बिजेता नुमा लिम्बू थिए।शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एस।ई।ई।आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्की बताउनु हुन्छ।

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा,तेह्थुम,भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको आयोजकले जनाएको छ।

दोश्रो चरणको प्रतियोगिता आगामी बैशाख–१९ गते बुधबार हुने कार्यक्रम निर्देसक राम लिम्बुले जानकारी दिनुभयो।

एसईई आईडलमा बिद्यार्थीको आकर्षण बढ्दो

२०७५ सालबाट सुरुवात भएको एस।ई।ई।आईडल कोरोना महामारीका कारण ०७६ र ०७७ मा स्थगित भएको थियो। २०७८ बाट पुनसुचारु भएको एसईईआईडल २०८१ सम्म आईपुग्दा बिद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाईन्छ।

समय अभावका कारण प्रचार प्रसार गर्न छुटेका कतिपय ठाउँ र बिद्यालयबाट स्वतस्स्फुर्त रुपमा बिद्यार्थीहरुले सहभागिता जनाउनु नै यसमा आकर्षण बढ्दै गएको इभेन्ट म्यानेजर तिर्थ कार्कीको जिकिर रहेको छ।

एस।ई।ई।आईडलका एक सहभागी पासाङ तामाङले भने(ूहाम्रो स्कुलमा जानकारी दिन कोही आउनु भएन तर मलाई पहिले नै थाहा थियो।त्यसैले डान्समा भाग लिएू।अर्का सहभागी जुफा सुनुवारको बुझाई पनि त्यही छ। मलाइ त यो आईडल हुने कुरा गत साल नै थाहा थियो , हाम्रो स्कुलमा पनि यसबारे जानकारी दिन कोही आउनु भएन तर पनि म गायनमा भाग लिन आए जुफाले भने।

एस।ई।ई।आईडलले धेरै माईलेज लिइसकेको प्रा।लि।का अध्यक्ष तुम्बापो बताउनु हुन्छ। समय अभावका कारण प्रचार प्रसार गर्न जान छुटेका ठाउहरुबाट फोन गरेर सहभागिहरु आउनु नै यस आईडलमा एस।ई।ई।दिएर बसेका बिद्यार्थीहर्को आकर्षण बढ्दै गएको अध्यक्ष तुम्बापोको दावी छ।

बिगतका भन्दा अब्बल प्रतिष्पर्धी बिगतका संस्करणको भन्दा यो पटक अझ अब्बल प्रतिष्पर्धीहरु रहेको निर्णायकहरु बताउनु हुन्छ।गत सालको पहिलो अडिसनमा गायनमा उत्कृष्ट लाग्ने ६र७ जना हुन्थे भने यो पटक १५÷१६ जना उत्कृष्ट गाउने प्रतिष्पर्धीहरु रहेको निर्णायक बिकास तुम्बापो लिम्बू बताउनु हुन्छ।

बिगतकोवर्षहरुमा भन्दा यो बर्ष अझ बढी निखारिएका प्रतिष्पर्धीहरु भाग लिन आएको गायनतर्फका अर्का निर्णायक बिनायक राई बताउनु हुन्छ।

कक्षा–१० को वार्षिक परीक्षा(एसईई) दिएर बसेका बिद्यार्थीहरुले सोचे भन्दा राम्रो प्रस्तुती दिएको नृत्यतर्फका निर्णायक मनि राईले बताउनु भयो। बिगतका प्रतिष्पर्धी भन्दा यो पटक अझ राम्रा प्रतिष्पर्धी आएको नृत्यका अर्का निर्णायक नुमा लिम्बू बताउनु हुन्छ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic