पहिलो अडिसनबाट २७ जना छनोट

  • वैशाख १६, २०८१
  • ३,४०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ वैशाखः¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई स्पिकर–२०८१ को पहिलो अडिसनबाट २७ जना सहभागीहरु छनोट भएका छन।

धरान–८ स्थित सहिद स्मृति माबिको सभा हलमा सनिबार सम्पन्न पहिलो अडिसनबाट २७ जना सहभागिहरु दोश्रो चरणमा प्रबेस गरेका हुन।

कोशी प्रदेसका विभिन्न जिल्लाबाट ३५ जना बिद्यार्थीहरु सहभागि भएको आयोजकले जनाएको छ । टाढाका सहभागिलाई बैशाख १८ गते सम्म डिजिटल माध्यमबाट अडिसनको लिइने ब्यबस्था गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

पहिलो चरणको डिजिटल अडिसन समेत सम्पन्न भए पछि दोश्रो चरणको प्रतियोगिताको मिति तोकिने कार्कीले जानकारी दिए।पहिलो चरणको अडिसनको शिर्षक लागू औषध दुर्ब्यसन न्यूनीकरणमा बिद्यार्थीको भुमिका थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति माबिका शिक्षक टंक भट्टराई रहेका थिए।

एसईईदिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगितामा प्रथम,दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमश २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अद्ययनका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा सहिद स्मृति माबिका प्रधानाध्यापक राम बहादुर बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रालिका अध्यक्ष सुरेन्द्र घिमिरे, युएन नबोदय कलेजका शिक्षक राम बहादुर लिम्बु, जेम आवासीय माबिका प्रिन्सिपल हरिहर कोईराला ,नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव भोला श्रेष्ठ, शिक्षिका एबम समाजसेवी सुस्मिता लिम्बू लगायतको उपस्थिति थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic