एसईईआईडलका सहभागीहरुलाई अभिमुखिकरण

  • वैशाख २४, २०८१
  • ६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ बैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएलअनलाईन टिभिद्वाराआयोजित कोशी प्रदेस स्तरीय एसईईआईडल–२०२४ का प्रतिष्पर्धीहरुलाई आगामी चरणहरुका बारेमा आईतवार अभिमुखिकरण गरिएको छ।

धरान–१६ स्थित युएन सेमिनार हलमा गायनबाट ३५ र नृत्यबाट २१ गरि छानिएका ५६ जनालाई अभिमुखिकरण गरिएको कार्यक्रम निर्देसक राम बहादुर लिम्बुले जानकारी दिनुभयो।

प्रतियोगिताका निर्णायक सङ्गीत प्रशिक्षक र गायक बिनायक राईले आगामी बैशाख–२९ गते हुने क्वाटर फाईनलका लागि लाईभमा गाउदा के के गर्नुपर्छ भन्ने बारे प्रतिष्पर्धीहरुलाई जानकारी गराउनु भयो।

त्यसैगरी नृत्यका प्रतिष्पर्धीहरुलाई कल्चरल गीतमा नृत्य गर्नेबारे निर्णायक राईले जानकारी गराउनु भयो।

कार्यक्रमका इभेन्ट म्यानेजर तिर्थ कार्कीले अनुशासित भई कडा मिहिनेतका साथ तयारी गर्न प्रतिष्पर्धीहरुलाई आग्रह गर्नु भयो।आईडलमा भाग लिएका प्रतिष्पर्धीहरुको अनुशासन, ब्यक्तित्व, प्रस्तुतिकरण लगायतका कुराहरु कस्तो हुनुपर्छ भन्नेबारे इभेन्ट म्यानेजर कार्कीले जानकारी गराउनु भयो।

एसईईमा सहभागी भएका बिद्यार्थीहरुका लागि एसईईआईडल प्रदेसकै सबैभन्दा ठूलो प्लेट्फम भएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोको दावी छ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic