विज्ञान तथा प्रविधिका २ सय बढी अनुसन्धानकर्ताहरूको भेला धरानमा

  • वैशाख २४, २०८१
  • १,८३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ वैशाखःःधरानमा पहिलो पटक क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन हुने भएको छ ।

केन्द्रीय प्रविधि क्याम्पस क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन समितिको आयोजनामा भोली मङ्गलवारदेखि धरानमा कोशी प्रदेश स्तरीय सम्मेलन हुने भएको हो ।

आयोजकले सोमवार पत्रकार सम्मेलन गरी प्रदेश भरीका २०० भन्दा बढी अनुसन्धानकर्ताहरूको सहभागीता हुने जनाएको छ।

पत्रकार सम्मेलनमा संयोजक डा.ललितकुमार राईले पूूर्वमा विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धाताहरूको यस्तो सम्मेलन पहिलो पटक भईरहेको बताए ।

विज्ञान सम्बन्धी कुल ४४ वटा अनुसन्धान पत्र प्रस्तुत हुनेछ भने त्यसमध्ये फिजिकल साइन्स सम्बन्धी २४ वटा अनुसन्धान पत्र छन् ।

बाइलोजिकल साइन्स सम्बन्धी १६ वटा र कम्प्युटर सूचना प्रविधि सम्बन्धी ४ वटा अनुसन्धान पत्र सम्मेलनमा छलफलका लागि प्रस्तुत हुनेछन् ।

फिजिकल साइन्सका अनुसन्धान पत्रहरूमा क्यान्सरको सेलमा गरिएको खोज देखी सुनसरी जिल्लामा गरिएको डेङ्गु ज्वरोको स्वरूप सम्मका अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाइलोजिकल साइन्सका अनुसन्धान पत्रहरूमा सन्थाल सतार जातिको ुइथ्नोबोटानिकलु सामुदायिक अभ्यासका बारेमा गरिएको सर्वेक्षण देखी आदिवासी राई समुदायमा पाइने औषधीय वनस्पतिको प्रयोग अध्यास सम्बन्धी अध्ययन समावेश छन् ।

आयोजक समितिका उपप्रध्यापक धिरने लिम्वुले पूर्वमा अहिलेसम्म विज्ञान प्रविधिमा भएका अनुसन्धान कार्य तथा अनुसन्धानकर्तालाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम गरीएको बताए ।

उपप्रा। धिरेन लिम्बुका अनुसार केन्द्रीय प्रविधि क्याम्पस स्थापना भएको ५२ वर्षको इतिहासमा धरानमा पहिलो पटक विज्ञान सम्बन्धी सम्मेलन आयोजना भएको हो।

यसमा वर्तमान क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।सम्मेलन बराह हलमा मंगलवार विहान ७ वजेदेखि संचालन हुनेछ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic