एसईई आईडलको क्वाटर फाईनलबाट ३६ जना छनोट

  • वैशाख ३०, २०८१
  • १,८१८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,३० वैशाखः फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि भएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को क्वाटर फाईनलबाट ३६ जना छनोट भएका छन।

धरान–१६ स्थित युएन सेमिनार हलमा सनिबार सम्पन्न क्वाटर फाईनलबाट गायनमा २० र नृत्यमा १६ गरि ३६ जना सहभागीहरु सेमि फाईनलमा प्रबेस गरेका हुन।

गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू र सङ्गित प्रशिक्षकरगायक बिनायक राई थिए।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रितम सम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ थिए।

एस।ई।ई।दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै गायन र नृत्य प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्न आईडलको आयोजना गरिएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनुभयो।

शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ संचालन भएको एसईई आईडलले बिद्यार्थीहरुको अध्ययनमा सहज हुने र उनीहरुभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउन सघाउ पुग्ने इभेन्ट म्यानेजर तिर्थ कार्कीले बताउनु भयो।

आईडलमा कोशी प्रदेसका झापा, मोरङ, सुनसरी, धनकुटा, सन्खुवासभा, तेर्हथुम, भोजपुर, पाचथर, इलाम लगायतका जिल्लाबाट सहभागिहरु आएको इभेन्ट निर्देशक राम बहादुर लिम्बुले बताउनु भयो।

आयोजकका अनुसार एसईई आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन।

त्यसैगरी कक्षा–११ र १२ को अध्ययनका लागि क्रमश शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने छन।

सेमि फाईनल आगामी ज्येष्ठ ५ गते सनिबार युएन सेमिनार हलमा हुने आयोजकले जनाएको छ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic