कोशी माविमा विद्यार्थीको चुनाव

  • वैशाख ३१, २०८१
  • ४,६६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाखः कोशी माध्यमिक विद्यालय वराह‌क्षेत्र –८ मा क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ ।

स्कुलमा शैक्षिक सत्र २०८१ का लागि क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन भएको हो ।

निर्वाचनमा कक्षा चार देखि कक्षा १०सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

विद्यालय क्याप्टेन पदमा कक्षा १० का अनुप राउत निर्वाचित भएका थिए भने सहायक क्याप्टेन तर्फ भने कक्षा –९ की अस्मिता थापा निर्वाचित वनेको निर्वाचन अधिकृत सुशिला उराव (कक्षा १० की छात्रा) ले जानकारी दिएकी छिन् ।

विद्यार्थीहरुलाई पाठ्‌यक्रमले निर्दिष्ट गरेको सैदान्तिक ज्ञानलाई केहि हदसम्म मुर्त रुपमा ढाल्न र व्यवहारिक ज्ञानको पक्षलाई समेत ध्यानमा राखि मतदान कार्यक्रम आयोजना गरिएका विद्यालयका सामाजिक शिक्षा विभाग संयोजक शिक्षक बालकृष्ण वोहोराले बताए ।

विद्यालय तहबाट नै वालवालिकालाई मतदानु प्रति सहि ज्ञान हासिल गर्न यस्ता किसिमको अभ्यास‌ले सहयोग पुग्ने विश्वास रहेको को अर्डिनेटर शिक्षक हरि वस्नेतले बताए ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारी र सहायक प्रधानाध्यापक रमेश जङ्ग निरौला पर्यावेक्षकको रुपमा रहेका थिए ।

निर्वाचन कसरी हुन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि सो प्रकृया अघि वढाईको स्कुलले जनाएकोछ ।

सो निर्वाचनमा उम्मेद्‌वारी दर्ता, मतदाता शिक्षा, भोट माग्ने, लाइन बसि मतदान गर्ने, प्रतिनिधीहरु रहेर मत गणना,गर्ने, बीच बीचमा नतिजा सार्वजानिक गर्ने जस्ता कार्य गरीएको मतदान अधिकृत अपर्ण विष्ट (कक्षा १०) ले जानकारी दिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic