कोशी माविमा विद्यार्थीको चुनाव

  • वैशाख ३१, २०८१
  • ४,६१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ वैशाखः कोशी माध्यमिक विद्यालय वराह‌क्षेत्र –८ मा क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ ।

स्कुलमा शैक्षिक सत्र २०८१ का लागि क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन भएको हो ।

निर्वाचनमा कक्षा चार देखि कक्षा १०सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

विद्यालय क्याप्टेन पदमा कक्षा १० का अनुप राउत निर्वाचित भएका थिए भने सहायक क्याप्टेन तर्फ भने कक्षा –९ की अस्मिता थापा निर्वाचित वनेको निर्वाचन अधिकृत सुशिला उराव (कक्षा १० की छात्रा) ले जानकारी दिएकी छिन् ।

विद्यार्थीहरुलाई पाठ्‌यक्रमले निर्दिष्ट गरेको सैदान्तिक ज्ञानलाई केहि हदसम्म मुर्त रुपमा ढाल्न र व्यवहारिक ज्ञानको पक्षलाई समेत ध्यानमा राखि मतदान कार्यक्रम आयोजना गरिएका विद्यालयका सामाजिक शिक्षा विभाग संयोजक शिक्षक बालकृष्ण वोहोराले बताए ।

विद्यालय तहबाट नै वालवालिकालाई मतदानु प्रति सहि ज्ञान हासिल गर्न यस्ता किसिमको अभ्यास‌ले सहयोग पुग्ने विश्वास रहेको को अर्डिनेटर शिक्षक हरि वस्नेतले बताए ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारी र सहायक प्रधानाध्यापक रमेश जङ्ग निरौला पर्यावेक्षकको रुपमा रहेका थिए ।

निर्वाचन कसरी हुन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि सो प्रकृया अघि वढाईको स्कुलले जनाएकोछ ।

सो निर्वाचनमा उम्मेद्‌वारी दर्ता, मतदाता शिक्षा, भोट माग्ने, लाइन बसि मतदान गर्ने, प्रतिनिधीहरु रहेर मत गणना,गर्ने, बीच बीचमा नतिजा सार्वजानिक गर्ने जस्ता कार्य गरीएको मतदान अधिकृत अपर्ण विष्ट (कक्षा १०) ले जानकारी दिए ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic