पार्टी विभाजनको हल्लाको पछि नलाग्न अध्यक्ष नेपालको कार्यकर्तालाई निर्देशन

  • जेठ ४, २०८१
  • ४,१४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिस्ट पार्टीहरुवीच एकताबद्ध भएर जानुपर्नेमा जोड दिएकाछन् ।

काठमाडौमा आयोजित एक कार्यक्रममा वोल्दै अध्यक्ष नेपालले सो कुरामा जोड दिएका हुन ।

आफ्नो पार्टी फुटबारे पनि बजारमा हल्ला चलेपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे ।

आफ्नो पार्टीको १८ जना सांसदको बिचमा छलफल गरेको र एकताबद्ध भएर अघि बढ्ने करामा निर्णय पनि गरेको दावी गरे ।

अध्यक्ष नेपालले बजारमा धेरै किसिमका र षडयन्त्रहरू हुने भन्दै ती हल्ला र षडयन्त्रप्रति पार्टी चनाखो रहेको पनि बताए। ‘त्यसैले हामी चनाखो भएर सतर्क भएर, कान खोलेर, देखेर तथ्य र प्रमाणका आधारमा चल्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि समाजवादी मोर्चामा पनि सङ्कट खडा भएको भन्दै त्यसबारे नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताए।

आफ्नो पार्टी विभाजन गर्न सजिलो नभएको जिकिर गर्दै पार्टी विभाजन गर्न सजिलो नभएको उनको भनाई थियो ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic