पार्टी विभाजनको हल्लाको पछि नलाग्न अध्यक्ष नेपालको कार्यकर्तालाई निर्देशन

  • जेठ ४, २०८१
  • ४,१८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिस्ट पार्टीहरुवीच एकताबद्ध भएर जानुपर्नेमा जोड दिएकाछन् ।

काठमाडौमा आयोजित एक कार्यक्रममा वोल्दै अध्यक्ष नेपालले सो कुरामा जोड दिएका हुन ।

आफ्नो पार्टी फुटबारे पनि बजारमा हल्ला चलेपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे ।

आफ्नो पार्टीको १८ जना सांसदको बिचमा छलफल गरेको र एकताबद्ध भएर अघि बढ्ने करामा निर्णय पनि गरेको दावी गरे ।

अध्यक्ष नेपालले बजारमा धेरै किसिमका र षडयन्त्रहरू हुने भन्दै ती हल्ला र षडयन्त्रप्रति पार्टी चनाखो रहेको पनि बताए। ‘त्यसैले हामी चनाखो भएर सतर्क भएर, कान खोलेर, देखेर तथ्य र प्रमाणका आधारमा चल्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि समाजवादी मोर्चामा पनि सङ्कट खडा भएको भन्दै त्यसबारे नेताहरूसँग छलफल गरेर अघि बढ्ने बताए।

आफ्नो पार्टी विभाजन गर्न सजिलो नभएको जिकिर गर्दै पार्टी विभाजन गर्न सजिलो नभएको उनको भनाई थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic