हिविसकस वोडिङ स्कुलमा विद्यार्थीको चुनाव

  • जेठ ७, २०८१
  • २,७७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८जेठः हिविसकसस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा क्याप्टेन र सहाएक क्याप्टेनको सहायक क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ ।

स्कुलमा शैक्षिक सत्र २०८१ का लागि क्याप्टेन र सहायक क्याप्टेनको निर्वाचन भएको हो । निर्वाचनमा कक्षा चार देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

विद्यालय क्याप्टेन पदमा कक्षा ९ कि निनाम्मा राई वहुमतका साथ निर्वाचित वनेकी थिइन भने सहायक क्याप्टेनमा आस्था उदाश निर्वाचित भएको निर्वाचन संयोजक नयनराज राईले जानकारी दिएका छिन् ।

विद्यार्थीहरुलाई पाठ्‌यक्रमले निर्दिष्ट गरेको सैदान्तिक ज्ञानलाई केहि हदसम्म मुर्त रुपमा ढाल्न र व्यवहारिक ज्ञानको पक्षलाई समेत ध्यानमा राखि मतदान कार्यक्रम आयोजना गरिएका विद्यालयका निर्देशक प्रिन्सिपल गंगाराम राईले बताए ।

विद्यालय तहबाट नै वालवालिकालाई मतदानु प्रति सहि ज्ञान हासिल गर्न यस्ता किसिमको अभ्यास‌ले सहयोग पुग्ने विश्वास रहेको शिक्षक सुवास मोक्तानले बताए ।

निर्वाचन कसरी हुन्छ भन्ने कुराको व्यवहारीक ज्ञान दिनको लागि सो प्रकृया अघि वढाईको स्कुलले जनाएकोछ ।

सो निर्वाचनमा उम्मेद्‌वारी दर्ता, मतदाता शिक्षा, भोट माग्ने, लाइन बसि मतदान गर्ने, प्रतिनिधीहरु रहेर मत गणना,गर्ने, बीच बीचमा नतिजा सार्वजानिक गर्ने जस्ता कार्य गरीएको निर्वाचन संयोजक नयर राज राईले जानकारी दिए ।

निर्वाचन समिति सदस्यमा पार्वति लिम्वु र प्रज्वलिता श्रेष्ठ रहेका थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic