एसईई स्पिकरका १५ प्रतिष्पर्धी फाईनलमा

  • जेठ १९, २०८१
  • ३,५१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १९ ज्येष्ठः (याडिकल लाईट नेपाल प्रा।लि।धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस।ई।ई।स्पिकर(२०८१ को सेमि फाईनल बाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन।

धरान(८ स्थित सहिद स्मृति माबिको सभा हलमा मङ्गलबार सम्पन्न सेमि फाईनलबाट १५ जना सहभागिहरु फाईनलमा प्रबेस गरेका हुन।

फाईनलमा प्रबेश गर्नेहरुमा सियोन स्कुलकी सोनिया नेपाली, जडेज माबि कालाबन्जारकी कन्चन पौडेल, युएन स्कुल धरानका प्रेम बिश्वकर्मा, ज्वालामुखी मा।बि। पट्नालीकी बिबिका राई, सहिद स्मृति मा।बि।का झरना राई र जेलिसा पौडेल रहेका छन।

यसैगरी चिल्ड्रेन एकेडेमी धरानकी सनिता लिम्बू, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका जनक शाह, सरस्वती मा।बि। पानमाराकी जेनिशा सुनाम, भानु स्मृति मा।बि।कि निशा बराईली र जेम आवासीय मा।बि। कि क्याथरिन योन्जन फाईनलमा प्रबेश गरेका छन।

त्यस्तै हिमालयन बोर्डिङ चतराकी दिया राई,जनसहयोग मा।बि।तरहराकी रेशिका शर्मा, शिक्षा सन्देस बोर्डिङ पानमाराकी ममता तामाङ र पानमाराकै एभरेस्ट बोर्डिङकी स्मृती लिम्बू फाईनलमा प्रबेश गरेको आयोजकले जनाएको छ।

सेमि फाईनलका लागि लागू औषध दुर्ब्तसनस्चुनौती र समाधानका उपाय, ट्राफिक नियम उल्लंघनस्चुनौती र समाधानका उपाय, जलवायु परिबर्तनस् चुनौती र समाधानका उपाय र विद्यार्थी र देशको भबिष्य गरि चार वटा शिर्षकहरु रहेका थिए। दिइएका चार वटा शीर्षक मध्ये सहभागीलाई कुनै एउटा शिर्षक छानेर बोल्न दिइएको थियो। प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति माबिका शिक्षक ट भट्टराई रहेका थिए।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उप मेयर अइन्द्र बिक्रम बेघा,सहिद स्मृति माबिका प्रधानाध्यापक राम बहादुर बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रालिका सिईओ सुरेन्द्र घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका सई राजेन्द्र तामाङ, हिमाल कार्की, राम लिम्बू, कैलास लिम्बू, हरिहर कोईराला लगायतको उपस्थिति थियो।

एसईई दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि। का अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगितामा प्रथम,दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमशस् २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अध्ययनका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।

ग्रान्ड फिनालेआगामी ज्येष्ठ अन्तिम हप्ता गरिने आयोजकले जनाएको छ। २०८० सालको एसईई दिएर बसेका बिद्यार्थीहरु मात्र प्रतियोगीतामा सहभागी भएका हुन।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic