एसईई आईडलका अन्तिम प्रतियोगीहरुलाई खाना शिष्टाचार सम्बन्धि अभिमुखिकरण

  • जेठ २२, २०८१
  • २,०९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ जेठः फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईईआइडल–२०२४ का अन्तिम प्रतियोगीहरुलाइ मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ।

युएन कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराएका थिए ।

आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए।

कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपले प्रतिष्पर्धीहरुलाई सिकाए।
यसैबिच फाईनलिष्टलाई एसईई आईडलका इभेण्ट म्यानेजर तिर्थ कार्कीले प्रभावकारी प्रस्तुतीकरण कसरी गर्ने भन्नेबारे जानकारी दिए। कुनै पनि प्रतिष्पर्धामा प्रतिभा भएर मात्र नहुने र प्रतिभालाई प्रस्तुतीकरणले थप प्रभावकारी बनाउने म्यानेजर कार्कीले बताए।

स्टेजमा गाउदा वा बोल्दा माईक्रो फोनको सही प्रयोग कसरी गर्ने भन्नेबारे प्रतिष्पर्धीहरुलाई कार्कीले जानकारी गराए।
फक्ताङ्लुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले प्रतिष्पर्धीहरुलाई भोट हाल्ने तरिकाका साथै फाईनल प्रतिष्पर्धाका लागि कसरी तयारी गर्ने भन्नेबारे जानकारी गराए।

इभेन्ट निर्देशक राम बहादुर लिम्बुले एसईई आईडलका प्रतिष्पर्धीहरु एकसा एक भएको बताउदै फाईनलमा अझ निखारिएर प्रस्तुत हुन सबैलाई आग्रह गरे। म्युजिक कोअर्डिनेटर बिनायक राईले प्रतिष्पर्धीहरुलाई गायनबारे अभिमुखिकरण गरे।

एसईईआईडलको फाईनलमा गायनतर्फ उत्कृष्ट १० र नृत्यतर्फ १० गरि २० जना पुगेका छन। ग्रान्ड फिनाले आगामी आषाढ–७ गते शुक्रबार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic