सहिद स्मृति माविका बिद्यार्थीलाई निःशुल्क पोशाक बितरण

  • जेठ २४, २०८१
  • २५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ जेठः सहिद स्मृति माबिले दाताको सहयोगमा बुधबार नर्सरी देखि कक्षा–७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक र झोला बितरण गरेको छ।

बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बिपन्न बर्गका ४१ जना बिद्यार्थीहरुलाई पोशाक र झोला बितरण गरेको हो।

प्रमुख अतिथि धरान उप(महानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष धन बहादुर राईले बिद्यार्थीहरुलाई बितरण गरेका हुन।

पोशाक बितरण पछि वडा अध्यक्ष राईले सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर बढ्दौ गएको बताए।

सामुदायिक बिद्यालयमा पढेको विद्यार्थी भबिष्यमा कर्मठ र योग्य नागरिक बन्न सक्ने बराए। बिद्यार्थीको पढाइ राम्रो हुन बिद्यालयको मात्र भर पर्नु नहुने बताउदै घरमा समेत राम्रो रेखदेख गर्न वडा अध्यक्ष राईले अभिभावकहरुलाई आग्रह गरे।

बिद्यालयका प्रधानाध्यापक राम बहादुर बिष्टले सहिद स्मृति माबि भौतिक पुर्बाधारयुक्त हुनुका साथै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेकाले अभिभावकहरुलाई ढुक्कले आफ्ना छोराछोरीहरुलाई पढाउन आग्रह गरे।

सामुदायिक बिद्यालयमा कतिपय टुटफुट भएका परिवारका छोराछोरीहरु पढ्ने हुदा उनीहरुलाई सही मार्गमा हिडाएर पढाउनु चुनौतीपूर्ण रहेको प्र।अ।बिष्टले बताए।

सहिद स्मृति मा।बि।लाई भौतिक रुपले सुबिधासम्पन्न र गुणस्तरीय शिक्षा प्रदान गर्ने एउटा नमुना बिद्यालय बनाउन लागि परेकोले साथ दिन सबौसङ्ग आग्रह गरे।

अभिभावकहरुको समेत उपस्तिथिमा पोशाक बितरण गरिएको थियो।

अभिभावक सृजना लिम्बुले आफ्नो नानिले निल्क पोशाक र झोला पाउँदा खुशी लागेको बताउदै धेरै राहत मिलेको बताईन।अर्का अभिभावक स्मृति खड्काले यति पोशाक र ब्याग पाउँदा धेरै राहत महशुस भएको बताईन।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic