हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट चिल्ड्रेन होम स्कुल प्रथम

  • जेठ २७, २०८१
  • १,५५२ पटक पढिएको
  • छाल खबर
alt


छाल खवरः

धरान क्षेत्रमा संचालनमा रहेका निजी विद्यालयहरुबीच भएको हाजिरी जवाफ प्रतियोगितामा १८ वटा स्कुललाई पछि पार्दै धरान –६ स्थित एभरेष्ट चिल्ड्रेन होम इंग्लिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

धरान क्षेत्रमा विजेता भएसंगै जेठ ३२ गते इटहरीमा हुने सुनसरी जिल्ला भरीका निजी बिद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

भर्खरै सम्पन्न भएको उतm प्रतियोगितामा सहभागी विद्यार्थीहरु कृतिका प्याकुरेल,निशान बिश्वकर्मा र कुशल प्याकुरेल सहभागी भएका थिए ।

प्रतियोगितामा १ सय १५ अंक प्राप्त गरी एभरेष्ट स्कुल विजयी भएको प्याव्सन धरानका सचिव रबिन न्यौपानेले जानकारी दिएकाछन् ।

गत साल धरानबाट छनौट भई जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता एभरेष्ट स्कुलका विद्यार्थी सहभागि भई चौथो स्थान ल्याउन सफल भएका थिए ।

एभरे्ष्ट स्कुल धरान–६ का प्रिन्सिपल भुपाल पौडेलले जिल्ला स्तरीय हुने प्रतियोगितामा पनि यसपाली भने जीत हासिल गर्नको निम्ति स्कुलले विद्यार्थीहरुको निम्ति छुट्टै पूर्ब तयारी शुरु गरेको बताए ।

धरान नगरबाट बिजेता भएसंगै बिद्यार्थीले लगनशीलता र मेहनेतले जिल्लामा पुगेर पनि बिजयी हासिल गर्ने कुरामा आफूहरुढुक्क रहेको र सोही अनुसार विद्यार्थीलाई तयारी गर्न लगाएको प्रिन्सिपल पौडेलको भनाई रहेको छ ।

एभेरेष्ट स्कुलमा अध्ययन गर्ने विद्यार्थीले नगरमै सबैभन्दा राम्रो नतिजा ल्याउने र हाजिरी जवाफ,निबन्ध,बादविबाद, खेलकुद लगायत अतिरितm क्रियाक्लापहरुमा धरान नगरकै उत्कृष्ट बिद्यालयको रुपमा रहेको स्कुल व्यवस्थापन समितीका अध्यक्ष सन्तबीर पौडेलको दावी रहेको छ ।

सचिव न्यौपानेले दिएको जानकारी अनुसार दोश्रो स्थानमा जेम्स सेकेण्डरी स्कुल धरान १८ र तेश्रो स्थानमा सिद्धार्थ शिशु स्कुल धरान १६ भएको छ ।

प्रथम,दोश्रो र तेश्रो हुने तीन वटै टीमहरु प्याब्सन सुनसरीले आयोजना गर्ने जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

विजेता स्कुलहरुलाई आयोजक प्याव्सन धरान नगरले पुरस्कार स्वरुप शिल्ड,ट्रफि सहित प्रदान गरेको थियो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic