के हो माइग्रेन रु लक्षण र रोकथाम

  • जेठ ३२, २०८१
  • ५०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ जेष्ठ ः माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । लामो समयसम्म लगातार एकनासले टाउको दुखिरहन्छ भने माइग्रेन भएको पनि हुन सक्छ । नसाको कमजोरीका कारण माइग्रेन हुने गर्छ । माइग्रेन हुँदा एक्कासि टाउको दुखाइ सुरु भएर लामो समयसम्म दुख्ने गर्दछ । जटिल खालको माइग्रेन हुँदा हात–खुट्टा नचल्ने, आँखा दुख्ने झम्झमाउनेजस्ता लक्षण देखा पर्दछन् ।
मस्तिष्कभित्र रक्तसञ्चार गर्ने नसा कुनै कारणले फुल्न थाल्छ, अनि टाउको दुखाइको मात्रा बढ्दै जान्छ । यो न्यरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादनका कारण पनि माइग्रेन हुने गर्दछ ।

लक्षणहरु

के हो माइग्रेन

– टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ ।

– जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ ।

– यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् ।

– माइग्रेन एउटा क्रोनिक ९लामो समयसम्म लागिरहने० रोग हो । जसले गर्दा यसका लक्षण वेलावेलामा बल्झिरहने हुन्छ । माइग्रेन भएपछि यो रोग पूर्ण रूपमा निको हुन लामो समय लाग्न सक्छ ।

– माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ ।

– टाउकोको नसा धड्किरहेको जस्तो हुन्छ । अचानक टाउको एक भागबाट दुख्न सुरु गर्दछ । बिस्तारै टाउकाको पूरै भाग दुख्ने गर्दछ ।

– माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन ।

– माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ ।

– माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् ।

– माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् ।

– यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।

रोकथाम

माइग्रेनको रोकथाम दुई किसिमबाट गर्न सकिन्छ । औषधि सेवन र जीवशैलीमा परिवर्तन । टाउको सहनै नसक्ने गरी दुखेमा डाक्टरको सल्लाह लिनुपर्दछ र कम गर्ने औषधि सेवन गनुपर्दछ ।

त्यसैगरी, शारीरिक व्यायाम गने, धूमपान, मध्यपान नगर्ने, स्वस्थकर खानेकुरा खानेजस्ता सावधानी अपनाएमा माइग्रेनबाट जोगिन सकिन्छ ।

अनिद्राले माइग्रेनलाई असर पुर्याउँछ । लामो समयसम्म टिभी हेर्दा वा स्मार्टफोन चलाउँदा रातमा राम्रो निद्रा नपर्ने समस्या हुन सक्छ ।

निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

प्राइम भिजनका विद्यार्थीद्वारा ‘नेशनल कुलिनरी च्या

छाल खवर धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट ...

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic