जसपाको एकीकरणको सन्दर्भमा केही कुरा

  • कार्तिक ३०, २०८२
  • ६,२२६ पटक पढिएको
  • छाल खबर
alt

राजनैतिक दल आफुले चाहेको जस्तो ब्यबस्था भएको र उपरोक्त ब्याबस्था सहितको राज्य सन्चालन गर्ने उदेश्यले स्थापना भएको संस्था हो । अर्को शब्दमा भन्दा राज्य ब्यबस्था कस्तो हुने र कसरी सन्चालन हुने भन्ने अवधारणा सहित स्थापना भएको हुन्छ।दुई दल बिचको एकिकरणमा चाही कस्तो राज्य ब्यबस्था लागु गर्ने भन्ने निर्क्योल भएर मात्रै पार्टीहरुको एकीकरण गर्नु पर्छ त्यसैले बिचार मिल्नेसग एकीकरण गर्ने हो।
जसपा पहिचान सहितको संघीय समाजबाद, पुर्ण समानुपातिक राज्य ब्यबस्था, प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र मुख्यमन्त्री अनी स्थानिय तहमा दल रहित जनप्रतिनिधिको ब्यबस्थाले मात्र देशमा दिगो शान्ती र आर्थिक समृद्धि प्राप्तहुने निष्कर्ष सहित यो ब्यबस्था स्थापना गर्ने लक्ष्य लिएर स्थापना भएको हो।
जहा सम्म नेपाली कम्युनिस्ट पार्टी,जनता समाजबादी पार्टी नेपाल र एमाले सग एकताको कुरा छ यो सम्बन्धमा, नेपाली कम्युनिस्ट पार्टी निर्माणकर्ताहरुको प्रमुख बिशेषता वा चरित्र जसपाको उदेश्य सग बिल्कुलै मेल खादैन, जस्तै
१ माओबादी
( जस्ले पहिचान सहितको सम्बिधानको मुख्य मुद्दा लिएर आगाडी आएको र पहिलो संविधान सभामा बर्तमान कृषि मन्त्री डा. मदन परियारको नेतृत्वमा गठित आयोगले दिएको सुझाव १४ं१ वा १०ं१ प्रदेश सहित संघीयता र पहिचान सहितको सम्बिधान उपयुक्त भएको सुझाव सहितको प्रतिबेदनलाई तत्कालिन ४१७ (दुई तिहाई) सम्बिधानसभा सदस्यहरुले आफ्नो हस्ताक्षर सहित उच्च स्तरिय बिबाद समाधान समितीको तत्कालिन सम्योजक प्रचण्डलाई लागु गर्न दिएको अनुरोधरदवाव लाई बेवास्ता गर्दै खिलाराज रेग्मीको नेतृत्वमा दोश्रो संविधानसभाको निर्वाचन प्रयोजनार्थ सरकार गठन गरेको।
( दोश्रो सम्बिधानसभाको बखत आफु र आफ्नो दलले उठाएकोरबोकेको पहिचानको मुद्दा गलत भएको भन्ने अभिव्यक्ति र निर्क्योल सहित गोदावरी रिसोर्टको सर्बदलिय बैठकमा बेनामे ६ प्रदेश कार्र्यान्वयन गर्न सहमति गरेको हो तत पस्चात पनि बनेका ७ वटा प्रदेश मध्ये आफ्नै पार्टीको मुख्यमन्त्री भएको खसान प्रदेशलाई कर्णाली प्रदेश नामाङ्गकन गरेको र बाकी कुनै पनी प्रदेशहरुको पहिचान जनित नाम प्रस्ताव सम्म नगरेको। र १ न प्रदेशको नामङ्गकनको सवालमा कोशी प्रदेशको पक्षमा मतदान गर्न ह्विप जारी गरी मतदान गरेको ।
( बाहिर सडकमा वा आफ्नो दलको कार्यक्रममा पहिचानको पक्षमा रहेको भन्ने तर ब्यबहारमा त्यो कहिल्यै नदेखिएकोले उहाहरु पहिचानको पक्षमा नरहेको प्रष्ट छ, यो तथ्यले भनेको कुरा हो।
२. नेकपा एस.
तत्कालिन एमालेअध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो र झलनाथ खनाल, ईस्वर पोख्रेल, भिम रावल र तत्कालिन एमालेको नेता माधव नेपालले पहिचान,संघीयता र धर्म निरपेक्षता लाई अस्विकार गरेकैले एमाले पार्टी परित्याग भएको हो। उहाहरुले एमालेमा रहदा बैचारिक मतभेद भन्दा पनी कस्ले अवसर लिने भन्ने कुरामा केन्द्रीत रही पार्टी बिभाजन गरेको बिदितै छ, उहाहरुकै सम्लग्नतामा नेपाली कम्युनिस्ट पार्टीको स्थापना भएको अवस्थामा यो पार्टीले पुर्णसमानुपातिक राज्य ब्यबस्था र पहिचान सहितको संघीयता स्विकार्नु हुन्छ भन्ने मान्यता राखेर उहाँहरुलाई बिस्वास गर्नु दिवास्वप्ना मात्र हो। यस्तो भ्रम नपालौ।
३. नेकपा एमाले
माधव नेपाल, झलनाथ खनालको बिरासत थामेर बसेको एमालेका अध्यक्ष के.पी.ओलि आफै यहाँका पहिचान पक्षधर जनताहरुलाई बादरको संज्ञा दिने, पहिचानलाई कुहेको गुन्द्रुक भनेको हिजै जस्तो लाग्छ। यस्तो मनोबिज्ञान भएको व्यक्तिले हामीले उठाएका बिचार र कार्यक्रमलाई आत्मसाथ गर्छ भन्ने मलाई लाग्दैन।
४. जनता समाजबादी पार्टी नेपाल
 हामीले संघीय समाजबादी पार्टीलाई मधेसी जनअधिकार फोरम सग उत्पिडन र बिभेदको अन्त्य गर्दै पुर्ण समानुपातिक राज्य ब्यबस्था र पहिचान सहितको संघीयता स्थापनाको लागी एकिकरण गरेका थियौ तर गत बिधान अधिबेशनमा जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादबले झापा मोरङ्ग र सुनसरीलाई कोचको अस्तित्वलाई संरक्षण गर्दै कोचिला स्वायत्त क्षेत्रको नया सम्रचना ल्याउनुको सट्टा उनिहरुको अस्तित्वलाई नामेट पार्दैरहडप्दै मधेश प्रदेशमा झापा,मोरङ्ग र सुनसरीलाई गाभ्ने प्रस्ताव ल्याएर आफुलाई बिस्तारबादीहरुको नायकको रुपमा उभ्याए भने अर्कोतिर पहिचान सहितका राष्ट्रिय समितीहरुको अधिकार कटौती गर्दै ति समितीहरुलाई खारेज गर्ने कोशिस गरे पछी हामीले उक्त पार्टी सग छुट्टीने निर्णय गरेका हौ। जब बैचारीक मतभेद सगै कार्यनितिक तहमै फरक दृष्टिकोण रहेपछी अब उनिसग फेरि एकता हुने सम्भावना छैन, म देख्दिन।
तसर्थ,
मुख्य दुईदलहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी( माओवादी र नेकपा एस.को चरित्र र प्रवृत्ति हामीले भोगेरै आएका हौ भने बाकी अर्को दल नेकपा एमालेलाई पनी भोगेकै हौ, जनता समाजबादी पार्टी नेपालमा त हामी आफै रहेकै हौ। त्यसैले यि तिनवटै दलहरु कहिल्यै पनी पुर्ण समानुपातिक राज्य ब्यबस्था र पहिचानको पक्षमा आउदैनन। कम्युनिस्ट पार्टी भित्र भनिने दुईलाईन संघर्ष वा अन्तरसंघर्ष गरेर पहिचान सहितको संघीयता लिउलारत्याउला भन्ने कल्पना नगरौ, नसम्झौ। हिजोको उहाँहरुको उक्त भुमिका र तथ्यले यही कुरालाई प्रष्ट पारेको छ। त्यसैले उहाँहरु बिस्वास गर्न सकिने पात्र होइनन। अवसरको लागी अस्तित्व र स्वाभिमान बिक्रिको बस्तु होइन।
अतः जसपा पहिचान सहितको संघीय समाजबाद, पुर्ण समानुपातिक राज्य ब्यवस्था, प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र मुख्यमन्त्री अनी स्थानिय तहमा दल रहित जनप्रतिनिधिको ब्यबस्था स्थापनाको लागी लागेको राजनैतिक दल हो। आफ्नो अस्तित्व र स्वाभिमानको लागी सम्पुर्ण न्याय प्रेमी साथिहरु जसपामा एकबद्ध होऔ।

लेखक किरात राष्ट्रिय समितिका उपाध्यक्ष हुनुहुन्छ ।

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic