‘सुनाखरी एकेडेमी कप फुटबलमा १६ विद्यालय सहभागी

  • कार्तिक ३०, २०८२
  • २,५४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० कार्तिकः सुनाखरी एकेडेमी धरान–१२ द्धारा आयोजना गरीन लागेको सुनाखरी कपमा सुनसरीका १६ स्कुल सहभागी हुने भएकाछन् ।

मङ्सिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुनसरीका १६ विद्यालयले नाम दताए गराएको एकेडेमीका प्रतियोगिता प्रचार संयोजक प्रदिप राईले वताउनु भयो ।

धरानमा हुन लागेको सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगितामा हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५, सेन्ट जोसेफ स्कुल धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी स्कुल, बिजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कूल, देउराली चिल्ड्रेन एकेडेमी धरान–५ रहेकाछन् ।

त्यसैगरी बालबालिका विद्यालय, माउन्ट हर्मन एकेडेमी,सैनिक आवासीय महाविद्यालय धरान, बुद्ध आदर्श विद्यालय धरान–९ लर्ड बुद्ध एकेडेमी झुम्का,ज्वालामुखी माध्यमिक विद्यालय पट्नाली र हिमशिखर स्कुल तरहराले नामदर्ता गराएको सुनाखरी एकेडेमिका प्राचार्य मिलन राईले जानकारी दिनुभयो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रिन्सिपल मिलनकुमार राईले सहभागी टिमहरू पहिले आउने पहिलो आधारमा छनोट गरिएको जानकारी दिए। प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमी खेलमैदानमा सञ्चालन हुनेछ।

धरान–१७ एन्फा एकेडेमी खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका २ टिमले ५र५ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५०० को दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याचको पुरस्कार १००० रुपैयाँमा राखिएको जानकारी दिइएको छ ।

प्रिन्सिपल राईले विद्यालय स्तरमै प्रतिस्पर्धा शुरु गर्नुको उद्देश्य भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्‍याउनु रहेको वताउनु भयो ।

उहाले खेलाडी उत्पादन गर्ने प्रमुख थलो नै स्कुल भएकोले यहाबाट शुरुवात गर्न लागिएको वताउनु भयो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic