धरान १० के रन फागुन ९ गते हुने

  • मंसिर ३, २०८२
  • १२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ मंसिरः धरानमा संचालन हुदै आएको नेपाल कै प्रतिष्ठित दौड प्रतियोगिताको रुपमा रहेको धरान १० के रन यसपालि विश्व भर्चुअल रनको रूपमा हुने भएको छ ।
आयोजक धरान रनका अध्यक्ष हेमन सुनुवारले सो विषयमा जानकारी दिएका हुन ।
आयोजकले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार प्रतियोगिता फागुन ९ गते आयोजना हुने रन १४ औं संस्करण हो ।
रनमा नेपालका अधिकतम धावक धाविका सहभागी गराइने धरान रनका अध्यक्ष हेमन सुनुवारले जानकारी दिएकाछन् ।
दौड प्रतियोगितामा अन्तर्राष्ट्रिय धावक धाविकाहरू पनि सहभागी हुनेछन्। यसपालि १६–३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
प्रतियोगितामा दिइएको जानकारी अनुसार दौडको रुट पुतली लाइनबाट सुरु भएर देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्घ चोक हुँदै पुनः भानुचौक हुनेछ ।
प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्मका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१२ देखि १५ वर्ष भित्रका ‘यु–१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

४० देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगीताका १३औँ संस्करणमा ४ हजार धावक, धाविकाहरू सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो ।
प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ । नेपालमा धरान रनले ११ औँ संस्करण देखि चिपको प्रयोग गर्न थालेको हो ।
प्रतियोगिता धरानको मात्र नभएर नेपाल कै सवैभन्दा वढी धावक धाविका सहभागी हुने दौडको रुपमा रहेको आयोजकको दावी रहेको छ ।

 

 

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic