मृगौला पीडित गंगाराम राईलाई एनप्याव्सन धरानको सहयोग

  • असार ४, २०८१
  • ६७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४असार ः दुवै मृगौला पीडित गंगाराम राईलाई एनप्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ ।

समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार ५ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।

विरामीको उपचारमा जति सहयोग पु¥याउ भन्ने उदेश्यले सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले बताए ।

एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने वताए ।

हामीले परिक्षा संचालन गर्नको लागि भेट गर्ने मात्र नभएर साथीभाईलाई समस्या हुदा सहयोग गर्नुपनी संस्थाको उदेश्य रहेको गुरुङको भनाई रहेको छ ।

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश कोषाध्यक्ष प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भएपनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको वताउदै आत्ममनोवल दरो वनाउन सुझाव दिएका थिए ।

त्यसैगरी एनप्याव्उन सुनसरीका सहसचिव पूर्णचन्द्र ढकालले आत्ममनोवल वलियो वनाउन सुझाव दिदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै मृगौला फेल भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचारत राई धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलमा कार्यरत रहेकाछन् ।
संस्थाको सहयोगबाट आफूलाई उपचारमा सहयोग पुग्नुको साथै हौसला मिलेको पीडित राईले वताए ।

राई मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेकाछन । उनलाई उनकी श्रीमतिले मृगौला दिनको लागि सवै कागजी प्रकृया तयारी भईरहेको पीडित राईले जानकारी दिएकाछन् ।

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic