मृगौला पीडित गंगाराम राईलाई एनप्याव्सन धरानको सहयोग

  • असार ४, २०८१
  • ७१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४असार ः दुवै मृगौला पीडित गंगाराम राईलाई एनप्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ ।

समितिले आइतवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट संकलित नगद ५ लाख ३६ हजार ५ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।

विरामीको उपचारमा जति सहयोग पु¥याउ भन्ने उदेश्यले सहयोग संकलन गरीएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्वुले बताए ।

एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल संचालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने वताए ।

हामीले परिक्षा संचालन गर्नको लागि भेट गर्ने मात्र नभएर साथीभाईलाई समस्या हुदा सहयोग गर्नुपनी संस्थाको उदेश्य रहेको गुरुङको भनाई रहेको छ ।

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश कोषाध्यक्ष प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भएपनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको वताउदै आत्ममनोवल दरो वनाउन सुझाव दिएका थिए ।

त्यसैगरी एनप्याव्उन सुनसरीका सहसचिव पूर्णचन्द्र ढकालले आत्ममनोवल वलियो वनाउन सुझाव दिदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै मृगौला फेल भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचारत राई धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलमा कार्यरत रहेकाछन् ।
संस्थाको सहयोगबाट आफूलाई उपचारमा सहयोग पुग्नुको साथै हौसला मिलेको पीडित राईले वताए ।

राई मृगौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेकाछन । उनलाई उनकी श्रीमतिले मृगौला दिनको लागि सवै कागजी प्रकृया तयारी भईरहेको पीडित राईले जानकारी दिएकाछन् ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic