गीत संगीतको महासंग्राम एसर्ईई आइडलको तयारी पुरा उद्घाटनमा अस्मिता र लोचन आउने

  • असार ६, २०८१
  • २,७७४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान, ६ असारः शिक्षाका लागि संगीत भन्ने मुल नाराका साथ आयोजना गरीएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को फाईनलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

एसईइ परिक्षा दिएर वसेका विद्यार्थीहरुको प्रतिभा प्रुष्फुटन गर्ने उदेश्यले फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा हुन लागेको सो प्रतियोगिताको तयारी पुरा भएको हो ।

शुक्रवार धरान–१५ स्थित याक्थुङ चुम्लुङको भवनमा हुने ग्रान्ड फिनालेको तयारी पूरा भएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनुभयो ।

फाईनल कार्यक्रमको प्रमुख अतिथि गायिका लोचन भट्टराई आउने भएकी छिन।

गत ज्येष्ठ ५ गते शनिवार भएको सेमि फाईनलको कडा प्रतिष्पर्धाबाट गायन र नृत्यमा गरि उत्कृष्ट १०÷१० जना फाईनलका लागि छनोट भएको एसईईआईडलका निर्देशक राम बहादुर लिम्बुले जानकारी दिनुभयो ।

एसईई दिएर बसेका बिद्यार्थीहरुको कार्यक्रम भएकाले शुक्रवार हुने फाईनलमा विद्यार्थी र अन्य दर्शकहरु गरि १ हजार ३ सय भन्दा बढी दर्शकहरु आउने इभेन्ट म्यानेजर तिर्थ कार्कीले दावी गर्नुभएको छ ।

गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना रहने छन।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ रहने छन।

शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ आयोजना गरिएको एस।ई।ई।आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन।

त्यसैगरी कक्षा९११ र १२ को अध्ययनका लागि क्रमश शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ।

विगत चार वर्षदेखि सो प्रतियोगिता आयोजना हुदै आएको छ ।

कार्यक्रमको थप आर्कषण

कार्यक्रमको थप आर्कणको रुपमा चर्तित गायिका लोचन भट्टराई,युवा उदीयमान गायीका अस्मिता अधिकारी, र विजय तुम्वापो लिम्वु लगायतको वेजोड प्रस्तुति रहने आयोजकको जनाएको छ ।

ASMITA AND LOCHAN संगीतको महासंग्रामको रुपमा रहेको सो कार्यक्रममा करिव १५ सय दर्शकले मनोरन्जन लिने आयोजकको भनाई रहेको छ ।

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic