गीत संगीतको महासंग्राम एसर्ईई आइडलको तयारी पुरा उद्घाटनमा अस्मिता र लोचन आउने

  • असार ६, २०८१
  • २,८२१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान, ६ असारः शिक्षाका लागि संगीत भन्ने मुल नाराका साथ आयोजना गरीएको कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को फाईनलको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

एसईइ परिक्षा दिएर वसेका विद्यार्थीहरुको प्रतिभा प्रुष्फुटन गर्ने उदेश्यले फक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा हुन लागेको सो प्रतियोगिताको तयारी पुरा भएको हो ।

शुक्रवार धरान–१५ स्थित याक्थुङ चुम्लुङको भवनमा हुने ग्रान्ड फिनालेको तयारी पूरा भएको प्रालिका अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिनुभयो ।

फाईनल कार्यक्रमको प्रमुख अतिथि गायिका लोचन भट्टराई आउने भएकी छिन।

गत ज्येष्ठ ५ गते शनिवार भएको सेमि फाईनलको कडा प्रतिष्पर्धाबाट गायन र नृत्यमा गरि उत्कृष्ट १०÷१० जना फाईनलका लागि छनोट भएको एसईईआईडलका निर्देशक राम बहादुर लिम्बुले जानकारी दिनुभयो ।

एसईई दिएर बसेका बिद्यार्थीहरुको कार्यक्रम भएकाले शुक्रवार हुने फाईनलमा विद्यार्थी र अन्य दर्शकहरु गरि १ हजार ३ सय भन्दा बढी दर्शकहरु आउने इभेन्ट म्यानेजर तिर्थ कार्कीले दावी गर्नुभएको छ ।

गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना रहने छन।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ रहने छन।

शिक्षाका लागि सङ्गीत भन्ने मुल नाराका साथ आयोजना गरिएको एस।ई।ई।आईडल गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ५० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन।

त्यसैगरी कक्षा९११ र १२ को अध्ययनका लागि क्रमश शत प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ।

विगत चार वर्षदेखि सो प्रतियोगिता आयोजना हुदै आएको छ ।

कार्यक्रमको थप आर्कषण

कार्यक्रमको थप आर्कणको रुपमा चर्तित गायिका लोचन भट्टराई,युवा उदीयमान गायीका अस्मिता अधिकारी, र विजय तुम्वापो लिम्वु लगायतको वेजोड प्रस्तुति रहने आयोजकको जनाएको छ ।

ASMITA AND LOCHAN संगीतको महासंग्रामको रुपमा रहेको सो कार्यक्रममा करिव १५ सय दर्शकले मनोरन्जन लिने आयोजकको भनाई रहेको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic