सुनसरी जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्टलाई

  • असार ९, २०८१
  • १,९३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९असारः पढाईका अतिरीक्त अन्य कृयाकलापमा पनि अव्वल मानिदै आएको धरान–६ स्थित एभरेष्ट चिल्ड्रेन एकाडेमी बोर्डिङ स्कुलले प्याब्सन सुनसरीले आयोजना गरेको जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगिताको उपाधि हात पार्न सफल वनेको छ ।

शुक्रवार भएको अन्तिम फाइनल प्रतियोगितामा ७ वटा नगरपालिकाको १९ स्कुललाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन एकाडेमी बोर्डिङ स्कुलले उपाधि हात पार्न सफल वनेको हो ।

एभरेष्टका टिमबाट सहभागी कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेलको टिमले सबै विद्यालयलाई पछि पार्दै प्रथम बन्दै रनिङ सिल हात पारेका हुन् ।

यस्तै प्रतियोगितामा बराहक्षेत्रको मुनबिम एकाडेमी दोस्रो, बराहक्षेत्रकै चिल्ड्रेन एकेडेमी तेस्रो र रामधुनीको युनिक इङलिस स्कुलले सान्त्वना स्थान हात पारेको थियो ।

किताबी ज्ञानलाई मात्र सीमित नराखी बाहिरी ज्ञान समेत विद्यार्थीमा बृद्धि गर्ने उद्देश्यले सुनसरीमा रहेका विद्याललाई सहभागी गराई प्याब्सन सुनसरीले क्वीच प्रतियोगिताको आयोजना गर्ने गरेको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामाङले बताए ।

प्याव्सन सुनसरीले सेलेक्ट भएपछिमात्र विद्यालयलाई सहभागी गराउने गरेको छ ।

शुक्रबार भएको क्वीच प्रतियोगिता धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, गढी गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका ७ वटा विद्यालयका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

पहिलो चरणमा विद्यालय भएको नगरबाट छनौट भएर इटहरीमा भएको फाइनल प्रतियोगितामा आफ्नो विद्यालय प्रथम हुन सफल भएकोमा आफूलाई खुशी लागेको एभरेष्टका भाईस प्रिन्सिपल चेतनाथ घिमिरेले बताए ।

विद्यार्थीहरुलाई पढाईका सार्थै अरिक्ति कृयाकलापमा पनि अव्वल वनाउदै लाने एकेडेमीको उदेश्य रहेको घिमिरेको भनाई रहेको छ ।

प्याब्सनको नियम अनुसार लगातार तीन वर्ष जित हात पारेपछिमात्र शिल्ड सोही विद्यालयले पाउने छ ।

लगातार तीन वर्ष नजितेमा पछिल्लो वर्ष हुन लागेको प्रतियोगिता अगाडि नै आयोजकलाई बुझाउनुपर्नेछ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic