सतप्रतिशत उतीर्ण गर्ने २२ जना विद्यार्थीलाई सुनाखरीद्धारा सम्मान

  • असार १७, २०८१
  • ३,०८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असार ः फलामे गेटको रुपम रहेको एसईई परिक्षामा शतप्रतिशत नजिता सहिति उर्तिण विद्यार्थीहरुलाई सुनाखरी एकाडेमी स्कुलले आइतबार एक कार्यक्रम गरी सम्मान गरेको छ ।

विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्नको लागि स्कुलले सम्पुर्ण विद्यार्थीहरु सहित शिक्षक र शिक्षिकाले खादा लगाएर सम्मान गरेको प्रिन्सिपल मिलन कुमार राईले बताउनु भयो ।

प्रिन्सिपल राईका अनुसार यो वर्षको एसईई परीक्षामा २२ जना विद्यार्थीले परीक्षा दिएका थिए भने सवै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर उतीर्ण भएका छन् ।

ए प्लस्, २ जना, १४ जनाले ए र ६ जनाले बी ग्रेडमा उतीर्ण भएका हुन् । गत बर्ष पनि सुनाखरीले सत प्रतिशत नै नतिजा ल्याउन सफल भएको थियो ।

यो वर्षको ब्याज १४ औं ब्याज हो भने २०४५ सालमा सुनाखरी स्कुल स्थापना भएको हो ।

प्रिन्सिपल राईले दिएको जानकारी अनुसार अभिभावक दिवस कार्यक्रममा ए प्लस ल्याउने बिद्यार्थीलाई नगद सहित सम्मान गर्ने पनि बताइएको छ ।

सुनाखरीमा कक्षा ११ र १२ मा कम्प्युटर, कम्प्युटर साइन्स, होटल मेनेजमेन्ट विषय पढाई हुने गरेको छ ।

स्कुलले उत्कृष्ट सहित सत प्रतिशत नतिजा ल्याउन सफल वन्नुमा विद्यार्थी,अभिभावक र शिक्षक सबैका महत्वपुर्ण भुमिका रहकाले सफलता मिलेको प्रन्सिपल राईको भनाई छ ।

पढाईमा मात्र नभएर अन्य कृयाकलापमा समेत सुनाखरी अव्वल रहेको छ । हरेक प्रतियोगिताहरुमा सहभागी भएर विजेता वन्नु सुनाखरीको विशेषता नै वन्ने गरेको छ ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic