एईई स्पिकरको उपाधी शिक्षा सन्देसकी ममता तामाङ्लाई

  • असार १८, २०८१
  • १,०८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असार ः–याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एईई स्पिकर–२०८१ को उपाधी धरान–६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट एईई दिएकी छात्रा ममता तामाङले हात पारेकीछिन् ।

धरान–८ स्थित सहिद स्मृति माबिको सभाहलमा भएको प्रतियोगीतामा १५ प्रतिष्पर्धीहरु मध्ये १४ जनालाई पछि पार्दै ममताले उपाधी चुमेकी हुन।

उपाधी जिते सङ्गै ममताले २० हजार रुपैया नगद ,प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन।

चतरा स्थित हिमालयन बोर्डिङ स्कुलकी दीया राई फष्ट रनर अप भईन। यश सङ्गै दीयाले १५ हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रबृत्ती प्राप्त गरेकी छिन।

यसैगरी धरान–१८ स्थित जेम आवासिय मा।बि।कि क्याथरिन योन्जनले सेकेन्ड रनर अपको उपाधी सङ्गै १० हजार नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन।

इटहरी(२० तरहरा स्थित जनसहयोग मा।बि। कि रेशिका शर्माले थर्ड रनर अपको उपाधी सङ्गै ५ हजर नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन।

सब टाईटल तर्फ सहिद स्मृति माबिका जेलिशा पौडेल र झरना राईले क्रमशस्बेस्ट प्रेजेन्टर र मस्ट ओबिडियन्टको उपाधी प्राप्त गरेका छन।

धरान–१५ स्थित हिबिस्कस इङ्लिश बोर्डिङका जनक शाह र चिल्ड्रेन एकाडेमिका सेनिता लिम्बुले क्रमशस् बेस्ट प्रननसियसन र मस्ट पङ्चुअलको उपाधी जितेका छन।

धरान(६ स्थित सरस्वती मा.विका जेनिशा सुनाम र एभरेस्ट चिल्ड्रेन होम बोर्डिङकी स्मृती लिम्बुले क्रमश मस्ट एक्टिभ र मस्ट सिन्सियरको उपाधी हासिल गरे।

धरान–१० स्थित युएन स्कुलका प्रेम बिश्वकर्माले मस्ट कोअपरेटिभको उपाधी जिते।

धरान–३ स्थित भानु स्मृति माबि कि निशा बराईलीले मस्ट फ्लुएन्टको उपाधी जितिन भने धरान–१६ स्थित सियोन स्कुलकी सोनिया नेपालीले मस्ट सोसियलको उपाधी हासिल गरिन।यसैगरी बराहक्षेत्र कालाबन्जार स्थित ज.डे.ज.मा.बि.कि कन्चन पौडेलले पब्लिक चोइसको उपाधी जितिन ।

धरान(१७ पट्नाली स्थित ज्वालामुखी माबि कि बिबिका राईले मस्ट डिसिप्लिनको उपाधी जितिन।सब टाईटलको उपाधी जित्मे बिद्यार्थीहरुले १र१ हजार नगद, प्रमाणपत्र र प्लस टु अध्यनका लागि ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस का उप(प्राध्यापक राजेस बिद्रोही र शिक्षा सदन मा।बि। का शिक्षक अशोक पोख्रेल थिए।

२०८० सालको एस।ई।ई। दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै बोल्ने क्षमताको बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले जानजारी दिए।

प्रालिका प्रबन्ध निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेस योजना आयोगका सदस्य भवानी बराल प्रमुख अतिथि थिए।

राष्ट्रिय राजनीतिमा बहस गर्नुपर्ने बिषयबस्तुमा एईई स्पिकरका सहभागिहरुले बोल्नु अत्यन्तै राम्रो भएको प्रमुख अतिथि बरालले बताए।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेसका सचिव देबेन्द्र कार्की, सहिद स्मृति मा.विका प्रधानाध्यापक राम बिष्ट,एईई स्पिकर (२०८० कि बिजेता एन्जिला कार्की लगायतले मन्तब्य राखे।

कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी प्रा.लिका अध्यक्ष सुरेन्द्र घिमिरे, शिक्षा सन्देस बोर्डिङ्का प्रिन्सिपल बिद्या भूषण गुप्ता, युएन नबोदय कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बू, सुनाखरी एकेडमीका प्रीन्सिपल मिलन कुमार राई लगायतको उपस्थिति थियो।

एईई स्पिकरको पहिलो अडिसनमा कोशी प्रदेसका विभिन्न जिल्लाका १७३ बिद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ।

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic