धरान उच्चमा प्रवेशिका परिक्षा दिने विद्यार्थीको भीड अपेक्षा गरे अनुसार सहभागीता रह्यो–सहायक–प्रिन्सिपल लिम्वु

  • असार २१, २०८१
  • २,२५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असार ः धरान सेकेण्डरी स्कुल (धरान उच्च) मा –अध्ययनका लागि प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको भीड लागेको छ ।

स्कुलले शुक्रवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि लिएको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको भीड लागेको हो ।

परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो ।

परिक्षामा पहिलो दिनको प्रवेश परिक्षामा ३ सय ५० जना सहभागी भएको मध्ये विज्ञान संकायमा १सय ५० जनाले प्रवेश परिक्षा दिएको र अन्यले व्यवस्थापन,होटल मेनेजमेन्ट संकायमा परिक्षा दिएको सहायक प्रिन्सिपल लिम्वुले वताउनु भयो ।

आइतवार बाँकी रहेका १सय ५० जनाले छुट प्रवेशिका परिक्षा दिने व्यवस्था मिलाईको लिम्वुले जानकारी दिनुभयो ।

धरान उच्च प्रति विगत वर्षदेखिको रही आएको अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको उपस्थिति रहेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ प्रगाढ वनाउदै आगामी दिनमा पनि अभिभावकको मन जित्ने सहायक प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।

पयाप्त भौतिक पूर्वाधार साथै पुराना दक्ष र अनुभवी शिक्षक शिक्षिकाको कारण धरान उच्चले विगत वर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

हाल धरान उच्चमा विज्ञान संकाय ,कम्प्युटर विज्ञान,व्यवस्थापन संकाय होटलमेनेजमेन्ट पढाई हुने गरेको छ भने व्याचर लेवलमा विएससी,सिएसआइटी,विएससी माइक्रोवाइलोजी,विविए,विविएस हुने गरेको छ ।
भने मास्टर लेवलमा एमविएस र एमविएको पढाई हुने गरेको छ ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic