धरान उच्चमा प्रवेशिका परिक्षा दिने विद्यार्थीको भीड अपेक्षा गरे अनुसार सहभागीता रह्यो–सहायक–प्रिन्सिपल लिम्वु

  • असार २१, २०८१
  • २,२०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असार ः धरान सेकेण्डरी स्कुल (धरान उच्च) मा –अध्ययनका लागि प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको भीड लागेको छ ।

स्कुलले शुक्रवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि लिएको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको भीड लागेको हो ।

परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो ।

परिक्षामा पहिलो दिनको प्रवेश परिक्षामा ३ सय ५० जना सहभागी भएको मध्ये विज्ञान संकायमा १सय ५० जनाले प्रवेश परिक्षा दिएको र अन्यले व्यवस्थापन,होटल मेनेजमेन्ट संकायमा परिक्षा दिएको सहायक प्रिन्सिपल लिम्वुले वताउनु भयो ।

आइतवार बाँकी रहेका १सय ५० जनाले छुट प्रवेशिका परिक्षा दिने व्यवस्था मिलाईको लिम्वुले जानकारी दिनुभयो ।

धरान उच्च प्रति विगत वर्षदेखिको रही आएको अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको उपस्थिति रहेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ प्रगाढ वनाउदै आगामी दिनमा पनि अभिभावकको मन जित्ने सहायक प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।

पयाप्त भौतिक पूर्वाधार साथै पुराना दक्ष र अनुभवी शिक्षक शिक्षिकाको कारण धरान उच्चले विगत वर्षहरुमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।

हाल धरान उच्चमा विज्ञान संकाय ,कम्प्युटर विज्ञान,व्यवस्थापन संकाय होटलमेनेजमेन्ट पढाई हुने गरेको छ भने व्याचर लेवलमा विएससी,सिएसआइटी,विएससी माइक्रोवाइलोजी,विविए,विविएस हुने गरेको छ ।
भने मास्टर लेवलमा एमविएस र एमविएको पढाई हुने गरेको छ ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic