छाल खवर
धरान,२३ असार ः होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै व्राण्डको रुपमा स्थापित कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको छ ।
स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि लिएको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको चाप वढेको हो ।
परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको प्रिन्सिपल तुम्वापोले जानकारी दिनुभयो ।
प्रिन्सिपल तुम्वापोले परिक्षामा ४३५ जना सहभागी भएकामा ३६४ होटल मेनेजमेन्ट, विज्ञान,व्यवस्थापन,कम्प्युटर विज्ञानसंकायमा पढनको लागी पास भएको प्रिन्सिपल तुम्वापोले वताउनु भयो ।
युएन कलेज प्रति अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको चाप वढेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ प्रगाढ वनाउदै आगामी दिनमा पनि अभिभावकको मन जित्ने प्रिन्सिपल तुम्वापो भनाई रहेको छ ।
यस वर्ष ५२ प्रतिशत फेल हुदा पनि यति विद्यार्थीको चाप हुनु स्वभाविक भएको प्रिन्सिपल तुम्बापोको भनाई रहेको छ ।
दक्ष र अनुभवी शिक्षक शिक्षिकाद्धारा अध्यापन गराइने भएकोले युएन कलेजले होटल मेनेजमेन्टमा धरान टप, प्रदेश टप हुदै नेपाल टपको नजिता समेत ल्याउृने गरेको छ ।
युएन कलेजमा पढने विद्यार्थीहरुले वारीष्टाको समेत तालिम गर्ने अवसर पाउनुका साथै पढदै कमाउदै भन्ने अभियानमा समेत सहभागी हुन पाउने पव्लिक रिलेसन अफिसर रामबहादुर लिम्वुको भनाई रहेको छ ।
विगत वषमा भन्दा यस वर्ष विद्यार्थीहहरु निकै उत्साहित देखिएको पनि प्रिन्सिपल तुम्बापोको भनाई रहेको छ ।
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic