युएन कलेजमा प्रवेशिका परिक्षा दिने विद्यार्थीको चाप बढ्दो अपेक्षा अनुसार नै विद्यार्थीको उपस्थिति रहेको छ – प्रिन्सिपल डम्वर कुमार तुम्वापो

  • असार २३, २०८१
  • ५,७०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असार ः होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै व्राण्डको रुपमा स्थापित कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको छ ।

स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि लिएको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको चाप वढेको हो ।

परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको प्रिन्सिपल तुम्वापोले जानकारी दिनुभयो ।

NEWS UN प्रिन्सिपल तुम्वापोले परिक्षामा ४३५ जना सहभागी भएकामा ३६४ होटल मेनेजमेन्ट, विज्ञान,व्यवस्थापन,कम्प्युटर विज्ञानसंकायमा  पढनको लागी पास भएको  प्रिन्सिपल तुम्वापोले वताउनु भयो ।

युएन कलेज प्रति अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको चाप वढेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ प्रगाढ वनाउदै आगामी दिनमा पनि अभिभावकको मन जित्ने प्रिन्सिपल तुम्वापो भनाई रहेको छ ।

यस वर्ष ५२ प्रतिशत फेल हुदा पनि  यति विद्यार्थीको चाप हुनु स्वभाविक भएको प्रिन्सिपल तुम्बापोको भनाई रहेको छ ।

दक्ष र अनुभवी शिक्षक शिक्षिकाद्धारा अध्यापन गराइने भएकोले युएन कलेजले होटल मेनेजमेन्टमा धरान टप, प्रदेश टप हुदै नेपाल टपको नजिता समेत ल्याउृने गरेको छ ।

युएन कलेजमा पढने विद्यार्थीहरुले वारीष्टाको समेत तालिम गर्ने अवसर पाउनुका साथै पढदै कमाउदै भन्ने अभियानमा समेत सहभागी हुन पाउने पव्लिक रिलेसन अफिसर रामबहादुर लिम्वुको भनाई रहेको छ ।

विगत वषमा भन्दा यस वर्ष विद्यार्थीहहरु निकै उत्साहित देखिएको पनि प्रिन्सिपल तुम्बापोको भनाई रहेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic