स्थापना दिवसका अवसरमा हात्तिसार क्याम्पसद्धारा वृक्षारोपण

  • असार ३१, २०८१
  • २,४१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असारः त्रिभुवन विश्वविद्यालयको ६५ औ स्थापना दिवसका अवसरमा केन्द्रीय प्रविधि क्याम्पस धरानले सोमवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकोछ।

विश्व विद्यालयले स्थापनाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन दिएको निर्देशन अनुसार धरानमा वृक्षारोपण गरीएको हो ।

क्याम्पसका कर्मचारी संघका सभापति महेश कोइरालाले कार्यक्रममा टीक, खयर, जामुन, सिरिस, लगायत विभिन्न प्रजातिका २सय थान विरुवा रोपिएको जानकारी दिनुभयो ।

यस अघि पनि विभिन्न कार्यक्रमहरुको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएकोमा लगभग ३०० भन्दा बढी विरुवाहरु हुर्किइ सकेका र आगामी दिनमा यो कार्य लाई निरन्तरता दिदै क्याम्पसको सबै खाली जग्गामा वृक्षारोपण गर्ने लक्ष रहेको कुरा सभापति कोइरालाले जानकारी दिनुभयो ।

सोमवारको वृक्षारोपण कार्यक्रम सहायक क्याम्पस प्रमुख सह प्राध्यापक वविता अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसहरु सोमवार सार्वजनिक विदा दिएको थियो ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic