श्रमदान अभियानमा विष्णु स्कुलको सहभागिता

  • साउन १, २०८१
  • ६७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरन,१ साउनः धरानका संचालन भईरहेको श्रमदान अभियानमा विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले सहभागीता जनाएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ्गको अगुवाइमा संचालन भइरहेको श्रमदान अभियानमा शनिवार विष्णु स्कुलले सहभागीता जनाएको हो ।

विद्यार्थीहरुलाई श्रम कसरी गर्नूपर्छ श्रम के हो भन्ने वारेमा वास्तविक रुपमा अभ्यास गर्न र श्रम अभियानमा केही मात्रामा भएपनि पनि सहयोग गर्ने उदेश्यले सहभागीता जनाएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।

 श्रम अभियानमा शिक्षक–कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

स्कुलले फुस्रेमा रहेको पर्यटकिय स्थल रक गार्डेन र रोज गार्डेनलाई सर्दु खोलाको कटानबाट अझ सुरक्षित राख्न आयोजित श्रमदान कार्यक्रममा सहभागीता जनाएको थियो ।

सो अवसरमा यस पटकको कक्षा १० को एइई परीक्षामा यस विद्यालयले धरानको शैक्षिक इतिहासमा नै पहिलो पटक जिपिए ४ सहित सर्वोकृष्ट नतिजा प्राप्त गरेको उपलक्ष्यमा मेयर साम्पाङ्गको श्रमदान अभियानमा सहयोग स्वरुप विद्यालयको तर्फबाट ७५ जोडी पञ्जा तथा बोटबिरुवासमेत हस्तान्तरण गरिएको थियो।

विष्णु स्कुलले पढाईका अतिरिक्त व्यवहारीक ज्ञान समेत दिदै आएको छ । कितावी सैद्धान्तीक ज्ञानसंगै व्यहारीक ज्ञान दिदा विद्यार्थीहरुलाई वुझ्न थप सजिलो हुने स्कुलको भनाई रहेको छ ।

 

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic