युएन नबोदय कलेजद्वारा होटल म्यानेजमेन्टका बिद्यार्थीलाई होटल मेची क्राउनमा अभिमुखिकरण

  • साउन २७, २०८१
  • ६,१४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ साउनः युएन नवोदय कलेज धरान–१६ ले कक्षा–११ मा शैक्षिक शत्र २०८१ मा भर्ना भएका होटल म्यानेजमेन्टका १४ औ स्मुहका बिद्यार्थीहरुलाई शनिवार अभिमुखिकरण सम्पन्न गरेको छ ।

कलेजले झापाको धुलाबारी स्थित होटल मेचि क्राउन पाचतारे होटलमा अभिमुखिकरण सम्पन्न गरेको हो ।

होटलको कैलाश सभा हलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मिहिनेत पुर्बक पढ्न आग्रह गर्नुभएको थियो ।

युएन नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल दोस्रो समेत हुन सफल भएको बताउदै अझै मिहिनेत साथ अध्ययन गरी नेपाल टप गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो ।
क्याम्पस प्रमुख तुम्बापोका अनुसार अभिमुखिकरण कार्यक्रममा कक्षा–११ होटल म्यानेजमेन्टका १ सय ५० जना बिद्यार्थीहरु सहभागि रहेका थिए ।

कलेजका अध्यक्ष एबम म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले होटल म्यानेजमेन्टमा प्लस टु अध्ययनका लागि सही कलेज छनोट गरेको बताउदै नया बिद्यार्थीहरुलाई बधाई दिनु भएको थियो ।

युएन नबोदय कलेजले बिद्यार्थीलाई पढेको सर्टिफिकेट दिनको लागि मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्न बिशेष जोड दिएको अध्यक्ष झा को भनाई थियो ।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो ।

होटल मेची क्राउनका म्यानेजर निरन्जन श्रेष्ठले मेची क्राउन साढे आठ बिघा क्षेत्रफल सहित २ सय १० वटा सुबिधा सम्पन्न कोठाहरु भएको कोशि प्रदेस कै एक मात्र फाईभ स्टार होटल भएको जानकारी गराउनु भयो।

होटल भनेको के हो, होटल म्यानेजमेन्टको स्कोप के छ, फाईभ स्टार होटलमा कस्तो सुबिधा हुन्छ आदी कुराहरुको बारेमा म्यानेजर श्रेष्ठले बिद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

होटल म्यानेजमेन्ट कक्षा–११ की छात्रा सुम्निहाङमा राईले फाईभ स्टार होटल कसरी संचालन भएको हुन्छ, के के सुबिधाहरु हुदो रहेछ भन्ने बारेमा प्रत्यक्ष रुपमा अवलोकन गरेर जान्न पाएकोमा खुशि लागेको बताईन।

ब्युटि प्याजेन्ट, गायन, स्पिकर लगायत बिभिन्न बिधामा बिजेता, उप(बिजेता बिद्यार्थीहरु समेत यस कलेजमा अध्ययन गर्दछन। मिस प्रोभिन्सकी फस्ट रनर अप अमृता राई,मिस एस।ई।ई।सुनसरीकी सेकेन्ड रनर अप आस्था श्रेष्ठ, एस।ई।ई।स्पिकरकी बिजेता एन्जिला कार्की लगायतले आफ्नो अनुभव शेयर गरे।

अभिमुखिकरण कार्यक्रममा कलेजका अध्यापक बिजय अछामि, म्यानेजमेन्ट कोअर्डिनेटर नुर खान, परीक्षा नियन्त्रक बिष्णु दाहाल, युएन स्कुलका प्रिन्सिपल सर्ण साम्बाहाम्फे लगायतको उपस्थिति थियो।

कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बुले समन्वय गर्नुभएकोस थियो भने कार्यक्रमको संचालन अध्यापक अनिमेस बास्तोलाले गर्नुभएको थियो ।

 

एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

छाल खवर धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक् ...

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic