खानेपानीको महशुल र सेवा शुल्क पुरानै दर यथावत् राख्न व्यवस्थापन बोर्ड सहमत

  • साउन २८, २०८१
  • ७,११४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८साउनः खानेपानी महशुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलको आन्दोलनका कारण खानेपानीको सेवा शुल्क र महशुल पुरानै दरमा कामय हुने भएको छ ।

अत्यधिक मात्रामा वृद्धि गरिएको खानेपानी महशुल १० दलको विरोधको कारण पुरानै दरमा कायम भएको हो ।

आइतवारआन्दोलनरत १० राजनीतिक दल र खानेपानी वोर्डवीच भएको वार्ता पश्चात खानेपानी महशुल पुरानै दर रेटमा कायम हुने भएको वार्तामा सहभागी नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले वताए ।

पोख्रेलले जनताको आन्दोलनका कारण उपभोक्ताको पक्षमा परिणाममुखी नतिजा हासिल गर्न सफल भएको प्रतिक्रिया दिए ।

धरान खानेपानी व्यवस्थापन बोर्ड र दश दलीय संयुक्त सङ्घर्ष समिति बिच भएको वार्तामा पुरानै दर यथावत् राख्नेमा सहमत भएका थिए ।

नेपाल सरकार खानेपानी महशुल निर्धारण आयोगको स्वीकृति नआएसम्म बोर्डले वृद्धि गरेको शुल्क र महशुल स्थगित गरी पुरानै सेवा शुल्क र महसुलको दर यथावत् राखिएको हो ।

वार्तामा धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ दिन भित्र सार्वजनिक गर्ने सहमति भएको जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सुमन चेम्जोङले वताए ।

सो वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई दलहरूबाट नेपाली काँग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की थिए ।

यस्तै दलहरूबाट वार्तामा नागरिक उन्मुक्ति पार्टीका अमर इजम, सलोराम सङ्घीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयु, सहभागी थिए ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic