खानेपानीको महशुल र सेवा शुल्क पुरानै दर यथावत् राख्न व्यवस्थापन बोर्ड सहमत

  • साउन २८, २०८१
  • ७,१६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८साउनः खानेपानी महशुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलको आन्दोलनका कारण खानेपानीको सेवा शुल्क र महशुल पुरानै दरमा कामय हुने भएको छ ।

अत्यधिक मात्रामा वृद्धि गरिएको खानेपानी महशुल १० दलको विरोधको कारण पुरानै दरमा कायम भएको हो ।

आइतवारआन्दोलनरत १० राजनीतिक दल र खानेपानी वोर्डवीच भएको वार्ता पश्चात खानेपानी महशुल पुरानै दर रेटमा कायम हुने भएको वार्तामा सहभागी नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले वताए ।

पोख्रेलले जनताको आन्दोलनका कारण उपभोक्ताको पक्षमा परिणाममुखी नतिजा हासिल गर्न सफल भएको प्रतिक्रिया दिए ।

धरान खानेपानी व्यवस्थापन बोर्ड र दश दलीय संयुक्त सङ्घर्ष समिति बिच भएको वार्तामा पुरानै दर यथावत् राख्नेमा सहमत भएका थिए ।

नेपाल सरकार खानेपानी महशुल निर्धारण आयोगको स्वीकृति नआएसम्म बोर्डले वृद्धि गरेको शुल्क र महशुल स्थगित गरी पुरानै सेवा शुल्क र महसुलको दर यथावत् राखिएको हो ।

वार्तामा धरान खानेपानी बोर्डको आय व्यय विवरण ७ दिन भित्र सार्वजनिक गर्ने सहमति भएको जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सुमन चेम्जोङले वताए ।

सो वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई दलहरूबाट नेपाली काँग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की थिए ।

यस्तै दलहरूबाट वार्तामा नागरिक उन्मुक्ति पार्टीका अमर इजम, सलोराम सङ्घीय लिम्बुवानका मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टीका भूपी कोयु, सहभागी थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic