होटल मेनेजमेन्ट संकायमा प्रदेश प्रथम हुने विद्यार्थीलाई युएन कलेजद्धारा नगद सहित सम्मान

  • भदौ ७, २०८१
  • ५,३५८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,७ भाद्र ः युएन कलेज धरान– १६ ले व्याचलर इन होटल म्यानेजमेन्ट (विएचएम) तेस्रो सेमेष्टरको परिक्षामा कोशी प्रदेश हुन सफल आफ्ना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।

कलेजले शुक्रवार आफ्नै हलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

GYANASWOR SIR तेस्रो सेमेष्टरको परिक्षामा ३ दशमलव ८८ जिपिए ल्याएर प्रदेश प्रथम हुन सफल सिमरन तामाङलाई युएन कलेजका क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले नगद २५ हजार,खदा र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

त्यसैगरी ३ दशमलव ८७ जिपिए ल्याएर प्रदेश द्धितीय हुने स्मारीका श्रेष्ठलाई नगद १५ हजार र खदा र सम्मान पत्रले सम्मान गरीएको थियो ।

त्यस्तै ३ दशमलव ८५ जिपिए ल्याएर प्रदेश तृतीय हुने अंशु मग्रातिलाई नगद १० हजार खदा र सम्मान पत्रले सम्मान गरीएको थियो ।

विद्यार्थीहरुलाई पढाईप्रति प्रोत्साहन गर्नको निमित्त पुरस्कृत गरीएको कलेजका प्रमुख डम्वर कुमार तुम्वापोले वताउनु भयो ।

UN NEWS P[HOTO = 7 कलेजका अध्यक्ष ज्ञानेश्वर झा,होटल मेनेजमेन्ट विभागका को–अर्डिनेटर गगनमान श्रेष्ठ,जनसम्पर्क प्रमुख राम लिम्वुले विद्यार्थीहरुलाई खदा र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

विएचएम ४ वर्षे अर्थात ८ सेमेष्टरको कोर्ष हो जहाँ ३ वर्षसम्म हप्तामा २ दिन अनिवार्य प्राक्टिकल र वाकी दिन सैद्धान्तिक विषय पढाई हुने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिनुभयो ।

चौथो वर्षमा पढदै कमाउदै गर्न सक्नेस गरी विदेशका पाचतारे होटलहरुमा इन्टर्नका लागि पढाइने गरेको र सो समयमा विद्यार्थीहरुले पढाईमा लागेको खर्च भन्दा दोव्वर कमाउने गरेको तुम्वापोको भनाई रहेको छ ।

कलेजमा विएचएम पढने विद्यार्थीहरु अष्ट्रेलिया,अमेरीका,क्यानडा,सिंगापुर,दुवई लगायतका देशहरुमा रोजगार हुनुका साथै कतिपय युरोपिएन देशहरुमा आफैले होटल व्यवसाय संचालन गरेर वसेको तुम्वापोले वताउनु भयो ।

होटल मेनेजमेन्ट नेपालमा मात्र नभएर विश्व वजारमा नै प्रतिष्पर्धा गर्न सक्ने र स्वरोजगारमुखि विषय मानिन्छ ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic