धरान स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसनबाट ४१ प्रतियोगी छनोट

  • भदौ १९, २०८१
  • ४,५६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ भाद्र: धरान स्कुल सिङ्गिङ च्यालेन्ज (२०८१, सिजन १ ) को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४० जना प्रतिष्पर्धीहरु छनोट भएका छन।

¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको पहिलो अडिसनबाट ४१ जना सहभागिहरु दोश्रो चरणमा प्रबेश गरेका हुन।

दोश्रो चरणमा प्रबेश गर्नेहरुमा पन्चकन्या मा.बि.का सागर राई र कृष्टिना राना मगर, लोटस इङ्लिश बोर्डिङ स्कुलका करन राई, हिबिस्कस इङ्लिश बोर्डिङका सबिन बोहोरा, निवा प्रेमि लिम्बु र रेश्मा तामाङ रहेका छन।

HIBISCUS

त्यसैगरी बिष्णु मेमोरियल मा.बि. का आकृति खाति,नबोदय बिद्या मन्दिर का एल्बिन श्रेष्ठ, सियोन स्कुलका रोहन श्रेष्ठ र सोनिया राई,सुनाखरी एकेडेमीका रोबन राई, जेशिका राई र अर्मान श्रेष्ठ रहेका छन।

यसैगरी ज्ञानकुन्ज रेशिडेन्सियल स्कुलका सृष्टी तामाङ,स्मृति बस्नेत, प्रीया राई र माट्रीना राई दोश्रो चरणमा प्रबेश गरेका छन।

यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डिङ्का सेसेना लिम्बु,स्मृति राई, लोब्युस धमला र अभिषेक रसाईली, देउराली चिल्ड्रेन एकेडेमीका सबिन बि.क. , त्रियन्सा घिमिरे, स्मारिका गजमेर र पावल देवान दोश्रो चरणमा प्रबेश गरेका छन। त्यस्तै सहिद स्मृति मा.बि.का सोहन बराईली, सामुयल सिवा र पदमा माया लिम्बु, नेपाल पुलिस स्कुलका खुशिका दाहाल र मानबि गुरुङ, बुद्ध आदर्श बोर्डिङका सुम्निमा राई, डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जि तामाङ, स्वनिम बि।क, नायुमा राई, सगल राई र प्रज्ञा राई रहेका छन।

के.के.इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङ्लिस स्कुलका एरोन लिम्बु,इस्मान बि.क. र रिजोई लिम्बु र पब्लिक मा.बि.फुस्रेका ह्यापियस लिम्बु दोश्रो चरणमा प्रबेश गरेका छन।

प्रतियोगितामा धरान उपमहानगर भरिका सामुदायिक र निजी गरी १७ बिद्यालयका कक्षा–१० सम्म पढ्ने ५१ जना बिद्यार्थीहरुले सहभागिता जनाएको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

बिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रष्फुटन गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिए।

दोश्रो चरणको प्रतियोगिता आगामी भाद्र –२५ गते मङ्गलबार सहिद स्मृति मा.बि. को हलमा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका निर्णायकहरुमा म्युजिक कम्पोजररगायक प्रशान्त शर्मा र सङ्गित प्रशिक्षक बिनायक राई रहेका छन।
प्रतियोगितामा बिजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद क्रमशस् १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दिईने प्रा. लि. का अध्यक्ष कार्कीले जानकारी दिए।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic