सिङ्गिङ च्यालेन्जको फाइनलमा १५ जना प्रवेश

  • भदौ २६, २०८१
  • ३,३३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ भाद्रः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ को मङ्गलबार सम्पन्न दोश्रो चरणको अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका छन।

बाल दिवसका अवसरमा ¥याडिकल लाईट नेपाल प्रालि धरानले सहिद स्मृति माबिको सभाहलमा आयोजना गरेको दोश्रो अडिसनबाट १५ जना फाईनलमा प्रबेश गरेका हुन ।

दोस्रो चरणमा सहभागी मध्ये १५ जना फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस इङ्लिश बोर्डिङका निवा प्रेमि लिम्बु ,नबोदय बिद्या मन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ, सियोन स्कुलका सोहन श्रेष्ठ रहेका छन। यसैगरी सुनाखरी एकेडेमीका जेशिका राई ,ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका स्मृति बस्नेत, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङ्का स्मृति राई र लोब्युस धमला, देउराली चिल्ड्रेन एकेडेमीका पावल देवान फाईनलमा प्रबेश गरेका छन।

त्यस्तै नेपाल पुलिस स्कुलका खुशिका दाहाल, बुद्ध आदर्श बोर्डिङका सुम्निमा राई, डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जि तामाङ र स्वनिम बिक, केके इन्टरनेसनल स्कुलका कृषा रामदाम, जेनिथ इङ्लिस स्कुलका इस्मान बिक र पब्लिक माबि फुस्रेका ह्यापियस लिम्बु फाईनलमा प्रबेश गरेका छन।

गत भाद्र (१९ गते भएको पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरु दोश्रो चरणमा प्रबेश गरेका थिए।

बिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रष्फुटन गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगिताको फाईनल असोज पहिलो हप्ता हुने प्रालिका अध्यक्ष कार्कीले जानकारी दिए।

प्रतियोगिताका निर्णायकहरुमा म्युजिक कम्पोजररगायक प्रशान्त शर्मा र सङ्गित प्रशिक्षक बिनायक राई रहेका छन।

प्रतियोगितामा बिजेता, फष्ट रनर अप र सेकेन्ड रनर अपलाई नगद क्रमशस् १० हजार, ५ हजार, ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा महेन्द्र क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठ लगायतको उपस्थिति थियो।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic