हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी विजेता

  • भदौ ३०, २०८१
  • ६६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भाद्रः धरान इङ्लिस वोडिङ स्कुल धरान–५का विद्यार्थीहरुले हस्त लेखन प्रतियोगिताको उपाधि हात पार्न सफल वनेकाछन् ।

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा धरान ५ स्थित ठिङगाबारी पुस्तकालयले आयोजना गरेको हस्तलेखन प्रतियोगीतामा जुनियरतर्फ धरान इङलिश बोर्डिङ स्कुल धरान ५ तल्लो देउरालीले पहिलो र दोस्रो स्थान हासिल गरेको हो ।

शशनिबार धरान ५ को जनता आधारभुत बिधालयको हलमा सम्पन्न प्रतियोगीताको जुनियर कक्षा १ देखी ५ सम्मको बिधार्थीहरु विच भएको प्रतियोगीतामा धरान ईंङलिश बोर्डिङ स्कुलकी कक्षा ५ कि श्रृष्टि राई प्रथम र कक्षा ५ कै श्रृष्टि राई दोस्रो र तेस्रो श्री जनता आधारभूत विद्यालयकी बिन्दु मगर भएकी छिन ।

उनिहरुले नगद प्रथम १५ सय प्रमाण पत्र र मेडल दोस्रो नगद रु एक हजार प्रमाण पत्र र मेडल तेस्रोले नगद रु ५ सय प्रमाण पत्र र मेडल प्राप्त गरेकिछिन ।

सिनियर तर्फ हिमाली माध्यमिक विद्यालय देउरालीकी सुम्निबुङ्ग राई, दोस्रो शिक्षा सन्देश माध्यमिक विद्यालय पानबारीकी कृतिका थापा र हिमाली मावी कै अनुश्का लिम्बू तेस्रो भएकी छिन् ।

सिनियर तर्फका बिजेताहरुले प्रथम,द्वितीय र तृतीयलाई क्रमशः नगद रु २०००,१५००,१०००,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुस्तकालयले बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ । पुस्तकालयले आयोजना गर्ने बिबिध कार्यक्रमहरु, मध्ये बिधार्थीहरुलाई प्रोत्साहन स्वरुप उनिहरुको इच्छा शक्तीलाई अझ बढी उजागर गर्न को लागी प्रतियोगीता आयोजना गरिएको पुस्तकालयका सचिव सन्देश दाहालले जानकारी दिए ।

प्रतियोगीतामा धरान उपमहानगरपालिकाका धरान ५ का सम्पूर्ण बिधालयहरु र धरान ६ का बिधालयहरु सहभागी थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic