युएन नवोदय ट्यालेन्ट सो सम्पन्न

  • असोज ४, २०८१
  • १,६५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोजः युएन नवोदय कलेजले आयोजना गरेको युएन नवोदय ट्यालेन्ट सो सम्पन्न भएको छ ।

कलेजको प्राङगणमा आयोजित ट्यालेन्ट सो मा बतृत्वकला तर्फ नेपाली भाषा अन्तर्गत कक्षा ११ होटल मेनेजमेन्ट तर्फका प्रेम विश्वकर्मा, र अङ्ग्रेजी भाषा अन्तर्गत होटल मेनेजमेन्टकी रेशिका लिम्बु बिजेता बनेकी छिन ।

त्यस्तै एकल नृत्य तर्फ कक्षा ११ व्यवस्थापन संकायका रेयन बज्राचार्य बिजेता बन्न सफल भएका थिए भने भने सामूहिक नृत्य तर्फ होटल मेनेजमेन्ट तर्फका अनुष्का एन्ड ग्रुप बिजेता बनेको थियो ।

त्यस्तै गायन तर्फ कक्षा ११ का बिज्ञान सङ्कायका निर्दोष रोक्का बिजेता बनेका छन ।

प्रतियोगिताको निर्णायकहरुमा वतृत्वकलातर्फ अङ्ग्रेजी प्राध्यापकहरु दिव्या झा,विजय अछामी र नेपाली प्राध्यापक जानुका तुम्बापो रहेका थिए ।

त्यसैगरी नृत्य तर्फ संगीत प्रशिक्षक विनायक राई र एसइई २०२२ का विजेता गायक छिरिङ तामाङ रहेका थिए भने नृत्यतर्फ नृत्य प्रशिक्षक सन्तोष तामाङ र एसईई डान्सिङ स्टार २०२२की विजेता नुमा लिम्बु रहेका थिए ।

विद्यार्थीैहरुको प्रतिभा प्रस्फुटन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्वुले वताउनु भयो ।

कार्यक्रमको सभापतित्व त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गर्नुभएको थियो भने कलेजका क्याम्पस प्रमुख डम्वर कुमार तुम्वापो,होटल मेनेजमेन्टका को अर्डिनेटर गगन श्रेष्ठको उपथिति रहेको थियो ।

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic