युएन नवोदय ट्यालेन्ट सो सम्पन्न

  • असोज ४, २०८१
  • १,७१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ असोजः युएन नवोदय कलेजले आयोजना गरेको युएन नवोदय ट्यालेन्ट सो सम्पन्न भएको छ ।

कलेजको प्राङगणमा आयोजित ट्यालेन्ट सो मा बतृत्वकला तर्फ नेपाली भाषा अन्तर्गत कक्षा ११ होटल मेनेजमेन्ट तर्फका प्रेम विश्वकर्मा, र अङ्ग्रेजी भाषा अन्तर्गत होटल मेनेजमेन्टकी रेशिका लिम्बु बिजेता बनेकी छिन ।

त्यस्तै एकल नृत्य तर्फ कक्षा ११ व्यवस्थापन संकायका रेयन बज्राचार्य बिजेता बन्न सफल भएका थिए भने भने सामूहिक नृत्य तर्फ होटल मेनेजमेन्ट तर्फका अनुष्का एन्ड ग्रुप बिजेता बनेको थियो ।

त्यस्तै गायन तर्फ कक्षा ११ का बिज्ञान सङ्कायका निर्दोष रोक्का बिजेता बनेका छन ।

प्रतियोगिताको निर्णायकहरुमा वतृत्वकलातर्फ अङ्ग्रेजी प्राध्यापकहरु दिव्या झा,विजय अछामी र नेपाली प्राध्यापक जानुका तुम्बापो रहेका थिए ।

त्यसैगरी नृत्य तर्फ संगीत प्रशिक्षक विनायक राई र एसइई २०२२ का विजेता गायक छिरिङ तामाङ रहेका थिए भने नृत्यतर्फ नृत्य प्रशिक्षक सन्तोष तामाङ र एसईई डान्सिङ स्टार २०२२की विजेता नुमा लिम्बु रहेका थिए ।

विद्यार्थीैहरुको प्रतिभा प्रस्फुटन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्वुले वताउनु भयो ।

कार्यक्रमको सभापतित्व त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गर्नुभएको थियो भने कलेजका क्याम्पस प्रमुख डम्वर कुमार तुम्वापो,होटल मेनेजमेन्टका को अर्डिनेटर गगन श्रेष्ठको उपथिति रहेको थियो ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic