हिबिसकस वोडिङ स्कुलले जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगिता आयोजना गर्ने

  • असोज ११, २०८१
  • २,२८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असोज : हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ले  तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।

विद्याथीैहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो ।

विगत दुई वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर (हाजिरी जवाफ प्रतियोगिता) आयोजना गर्दै आएको छ ।

विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा यस वर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको सल्लाहकार झा ले वताउनु भयो ।

प्रतियोगितामा सुनसरी जिल्ला भरीका १सय विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १० हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता पुष १२ र १३ गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।

पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १३ गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो ।

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic