एन्फा एकेडेमीले खेलकुदसंगै पढाईलाई प्राथमिकता दिएको छ–अध्यक्ष किशोर राई

  • असोज २३, २०८१
  • ३,४८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असोजः कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले एन्फा एकेडेमीमा ४ वर्षे फुटबल प्रशिक्षणमा रहेका यु–१३ का प्रशिक्षार्थीहरूलाई पढाईलाई प्राथमिकता दिएर प्रशिक्षण सञ्चालन गर्दै आएको बताएकाछन् ।

एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष समेत रहेका राईले ‘फुटबल खेल्न जानेर मात्र पयाप्त नहुने हुदा पढाइमा समेत सफल हुनु पर्नेमा जोड दिएका थिए ।

ANFA =3 अध्यक्ष राइले एकेडेमीमा रहेका प्रशिक्षण लिईरहेका विद्यार्थीहरुको स्कुलको पढाई, परीक्षा अनुसार प्रशिक्षणको तालिका निर्धारण गरेको जानकारी समेत दिएकाछन् ।

दशै तथा तिहारको एक महिना विदाको समयमा घर जान लागेका विद्यार्थीहरु लिन आएका अभिभावकहरुलाई अभिभावकहरूलाई संवेदनशील भएर बिदाको अवधिमा पनि पढाईलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

एन्फा एकेडेमी धरानले दशै तथा तिहारमा एक महिना घर जान लागेका विद्यार्थीहरु तथा भिभावकहरूसँग मंगलवार छलफल तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

धरान उपमहानगरपालिका शिक्षा, युवा खेलकुद महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले एन्फा एकेडेमीमा प्रशिक्षणको अवसर पाउनु जीवनकै लागि महत्पूर्ण अवसर भएको बताए ।

प्रशिक्षार्थी विद्यार्थीहरू शिक्षा र फुटबल प्रशिक्षणमा बारबार अव्वल साबित हुनु जरुरी भएको खतिवडाको भनाई रहेको छ ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले कलिलो उमेरमा अभिभावकहरू भन्दा टाढा बसेर पढाई र प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरूलाई अभिभावकको प्रोत्साहन, सामिप्यता आवश्यक हुने बताउँदै एकेडेमीको अभिभावकसँग भेटघाट छलफल कार्यक्रम प्रेरणादायक भएको बताए ।

एकेडेमीका प्रशिक्षक इन्दु रसाइलीले एकेडेमीमा प्रशिक्षार्थीहरूलाई पारिवारिक वातावरणमा प्रशिक्षण सञ्चालन गरिएको बताए ।

उनले बाल मनोविज्ञान अनुसार प्रशिक्षार्थीको स्वभाव, रुचि बुझेर उनीहरूसँग व्यवहार गर्दै प्रशिक्षण पनि त्यसरी नै दिदैं आएको वताए ।

प्रशिक्षणको ३ महिना बितेको अनुभवमा सबै प्रशिक्षार्थी सन्तुष्ट रहेको र प्रशिक्षणमा मन लगाउने पाएको उनले बताए ।

ANFA NEWS = 3 FINAL अभिभावक विमला सुवेदीले एकेडेमीमा रहेको छोराको पढाई र तालिमका अनुभवबाट आफू सन्तुष्ट भएको बताइन् । उनले छोराले राम्रो शिक्षा पाउने र सफल खेलाडी बन्ने विश्वास एकेडेमीबाट पुरा हुने विश्वास व्यक्त गरिन् ।

धरान स्थित एन्फा एकेडेमीमा हाल सञ्चालन भइरहेको प्रशिक्षणका सहभागी विद्यार्थीहरू सातौँ ब्याचका हुन ।

कोशी प्रदेशको १४ जिल्लाका कुल ३० जना मध्ये धरानका ३ जना प्रशिक्षार्थी छन् । उनीहरूलाई एकेडेमीले विद्यालयीय शिक्षाको व्यवस्था सुनाखरी एकेडेमीमा गरेको छ ।

पढाईका साथै उनीहरुले फुटवलको प्रशिक्षण लिने गरेकाछन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic