प्रहरी वरिष्ठ नायव निरीक्षक थापालाई १ लाख रुपैयाँको पुरस्कार

  • कार्तिक १, २०८१
  • २,६०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३०असोजः यसपटकको साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठकी स्वर्गीय आमा साधनादेवी श्रेष्ठ स्मृतिमा प्रदान गरीने १ लाख रुपैयाँ राशिको सो पुरस्कार प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६९औ प्रहरी दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित समारोहमा पुरस्कार गरेका हुन ।

पुरस्कृत थापा मगर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रदेश अनुसन्धान समूहमा कार्यरत छन् । प्रदेशका वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू मध्येबाट छनौट भएका उनलाई यस वर्षका पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत प्रहरी वरिष्ठ नायव निरीक्षक थापा मगरले नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने नागरिक अघि प्रहरीको छवि उच्च बनाउने योगदान गर्दै आएका छन् ।

सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्न उनले गरेका कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले उक्त पुरस्कार प्रदान गरेको बताइएको छ ।

पुरस्कृत थापा मगरले आफ्नो कार्यहरूको मूल्याङ्कन गरी उत्कृष्ट प्रहरीको रूपमा छनौट गरेर सङ्गठनले ठुलो सम्मान गरेको बताए । उनले भने ‘पुरस्कारले आफूलाई अझ बढी जिम्मेवार भएर दायित्व निर्वाह गर्न प्रेरणा मिलेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic