शिक्षासेवी घिमिरेद्धारा वुवाको नाममा १ लाखको अक्षयकोषको स्थापना

  • मंसिर १४, २०८१
  • ३,८६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ः शिक्षासेवी युवा व्यवसायी सुरेन्द्र घिमिरेले आफ्ना वुवा स्वर्गीय कुलपति घिमिरेको नाममा १ लाखको अक्षयकोष स्थापना गरेकाछन् ।

घिमिरेले आफ्नो जन्मदिनको अवसरमा धरान–८ सहिद स्मृति माविमा उनले अक्षयकोष स्थापना गरेका हुन ।

घिमिरेले कक्षा ११–१२ मा सञ्चालित प्राविधिक विषयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न धरान–१४ का सुरेन्द्र घिमिरेले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोषबाट प्राप्त व्याजले कक्षा ११ र १२ मा प्राविधिक विषयका विद्यार्थीलाई स्कुलले छात्रवृत्ति सहित शैक्षिक सामाग्री प्रदान गरिने घिमिरेले वताए ।

इलाम जन्मथलो भएका घिमिरेले कर्मथलो धरान बनाएर शैक्षिक क्षेत्रमा सकृय रहेकाछन् ।

पैसाको अभावले जेहेन्दार विद्यार्थीहरू पढ्नबाट वञ्चित हुन नपोस भन्ने उद्देश्यले सामुदायिक स्कुल धरानमा अक्षयकोष स्थापना गरेको घिमिरेको भनाई रहेको छ ।

इलामको सरकारी स्कुलमै पढेका घिमिरेले धरानमा शैक्षिक क्षेत्रमा सकृय रहेकाछन् । प्रधानाध्यापक रामबहादुर बिस्टलाई अक्षयकोषको रकम घिमिरेले हस्तान्तरण गरेका छन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic