विष्णुका विद्यार्थीद्धारा ज्ञानचक्षुका विद्यार्थीहरुलाई ट्र्याक सुट

  • मंसिर १५, २०८१
  • १,८११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ मंसिर ः सवैले मिलेर काम ग¥यो भने सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण धरान–९ स्थित विष्णु ममोरियल स्कुलका कक्षा ९ का विद्यार्थी वनेकाछन् ।

सानो सहयोगबाट पनि ठूलो सहयोग गनृ सकिने उदाहरणको पात्र वन्दै उनीहरुले दशैमा दक्षिणबाट पाएको रकमको १० प्रतिशत रकम र तिहारमा देउसी भैलो खेलेको १० प्रतिशत रकम थपेर ज्ञान चक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई सहयोग गरेका हुन ।

ज्ञानचक्षुका ६५ जना विद्यार्थीलाई ४५ हजार मूल्यको जाडोमा लगाउने ट्र्याक सुट प्रदान गरेका थिए ।सो अवसरमा विद्यार्थीलाई फलफूल समेत वितरण गरिएको थियो ।

विष्णु मेमोरीयलका प्रिन्सिपल निलम श्रेष्ठले विद्यार्थीले ‘सामाजिक सेवा अन्तर्गत शिक्षासँगै संस्कार’ सिकाउने उद्देश्यले निजी खर्चबाट बचाएर सहयोग गरेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडा थिए ।

उनि सहित विष्णुका प्रिन्सिपल श्रेष्ठले ज्ञानचक्षुका विद्यार्थीलाई ट्र्याक सुट फलफूल वितरण गरे ।पढाईका अतिक्ति विष्णु स्कुलले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic