स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिस र हिबिस्कसका बिद्यार्थीबीच अनुभव साटासाट

  • पुस २, २०८१
  • ४०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ।

स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए ।

हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए ।

नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच धेरै कुरामा समानता रहेको शिक्षक डेभिसले बताए। आफ्नो देसको शिक्षा, सन्स्कार(सन्स्कृतिबारे शिक्षक डेभिसलाई बताउन पाउदा धेरै खुशि लागेको छात्रा फुङ्निमा लिम्बुले बताईन।

हाम्रो देसको हिमाल, पहाड, तराई, मौलिक परम्परा बारे सुनाउदा शिक्षक डेभिसले निक्कै चाख दिएर सुनेको अर्का छात्रा निनाम्मा राईले बताईन।

बिद्यार्थीहरुले डेभिसलाई नेपालको राष्ट्रिय गान समेत गाएर सुनाए। नेपाली बिद्यार्थीहरु मिलनसार र देशलाई मनदेखि माया गर्ने आफुले पाएको शिक्षक डेभिसले बताए।

स्विट्जरल्याण्डको शिक्षण पद्धति बाट बिद्यार्थीहरुले केही नया कुराहरु सिकुन भनेर शिक्षक डेभिस सङ्ग अनुभव साटासाटको वातावरण मिलाएको स्कुलका निर्देशक गङ्गाराम कुलुङले बताए।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic