स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिस र हिबिस्कसका बिद्यार्थीबीच अनुभव साटासाट

  • पुस २, २०८१
  • ३५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ।

स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए ।

हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए ।

नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच धेरै कुरामा समानता रहेको शिक्षक डेभिसले बताए। आफ्नो देसको शिक्षा, सन्स्कार(सन्स्कृतिबारे शिक्षक डेभिसलाई बताउन पाउदा धेरै खुशि लागेको छात्रा फुङ्निमा लिम्बुले बताईन।

हाम्रो देसको हिमाल, पहाड, तराई, मौलिक परम्परा बारे सुनाउदा शिक्षक डेभिसले निक्कै चाख दिएर सुनेको अर्का छात्रा निनाम्मा राईले बताईन।

बिद्यार्थीहरुले डेभिसलाई नेपालको राष्ट्रिय गान समेत गाएर सुनाए। नेपाली बिद्यार्थीहरु मिलनसार र देशलाई मनदेखि माया गर्ने आफुले पाएको शिक्षक डेभिसले बताए।

स्विट्जरल्याण्डको शिक्षण पद्धति बाट बिद्यार्थीहरुले केही नया कुराहरु सिकुन भनेर शिक्षक डेभिस सङ्ग अनुभव साटासाटको वातावरण मिलाएको स्कुलका निर्देशक गङ्गाराम कुलुङले बताए।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic