क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुइ उपाधि हिविसकसलाई

  • पुस ६, २०८१
  • ३१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुष ः धरान,६ पुषः क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान १५ ले हात पार्न सफल वनेको छ ।

खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल वनेको हो ।

CSC NEWS PHOTO 2 नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी थिइन भने वुद्ध आर्दश वोडिङ स्कुलका सत्कर्म योगि दोस्रो वनेका थिए ।

प्रतियोगितामा एप्पल मन्टेश्वरीकी करिश्मा राई तेस्रो स्थान वनेकी थिइन ।

त्यसैगरी प्रतियोगिता अन्तर्गत फुटवलतर्फ हिविस्कस इङलिस वोडिङ स्कुल प्रथम बनेको थियो भने डिपि विलिवर्स वोडिङ स्कुल धरान दोस्रो वनेको थियो ।

प्रतियोगितामा जोलसाया एकेडेमीका कुसल राई उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

त्यस्तै चेस खेल प्रतियोगितामा जोलसाया एकेडेमीका सोनिप राई प्रथम हुन सफल वनेका थिए भने एक्वा एकेडेमीका प्रनाम राई दोस्रो स्थान हुन सफल वनेका थिए ।

प्रतियोगितामा डिपि विलिभर्स वोडिङका अनुष थापा मगर तेस्रो वनेका थिए ।

यता टेवल टेनिसको सिनियर गल्सतर्फ एक्वा वोडिङ स्कुलकी श्रृष्टी राई प्रथम वनेकी थिइन भने हिविस्कस स्कुलकी समिक्षा राई दोस्रो हुन सफल भएकी थिइन ।

त्यस्तै व्वाइज सिनियरमा डिपि विलिवर्सका अनमोल विष्ट प्रथम भएका थिए भने हिविस्कस वोडिङका स्मारक राई दोस्रो वनेका थिए ।

त्यसैगरी जुनियर गल्समा देउराली चिल्ड्रेन एकेडेमीकी अनुष्का सुनार प्रथम भएकी थिइन भने हिविस्कस स्कुलकी प्रोविका लामा दोस्रो वन्न सफल भएकी थिइन ।

यता जुनियर व्वाइज तर्फ एक्वा स्कुलका निसव भण्डारी प्रथम भएका थिए भने डिपि विलिभर्सका संगम राई दोस्रो भएका थिए ।

विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगाराम राई र धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम वेघाले ट्रफि, मेडल तथा प्रमाण– पत्र प्रदान गरेका थिए ।

विद्यार्थीहरुको सर्वाङिण विकासको लागि कार्यक्रमहरु आयोजना गर्दै आएको सिएससिका अध्यक्ष गंगाराम राईले वताए ।

२०७६ सालमा स्थापना गरीएको सो सर्कलले यस अघि पनि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ ।

एको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic