क्रियटिभ स्कुल सर्कलको खेलकुद सप्ताहको दुइ उपाधि हिविसकसलाई

  • पुस ६, २०८१
  • २३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुष ः धरान,६ पुषः क्रियटिभ स्कुल सर्कल (सिएससि)ले आयोजना गरेको खेलकुद सप्ताह अन्तर्गतको दुइखेलको उपाधि हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान १५ ले हात पार्न सफल वनेको छ ।

खेलकुद सप्ताह अन्तर्गत भएको विभिन्न खेलकुद अन्तर्गत अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता र फुटवल प्रतियोगिताको उपाधि हिविस्कसले हात पार्न सफल वनेको हो ।

CSC NEWS PHOTO 2 नृत्य प्रतियोगितामा हिविस्कस स्कुलकी नायिमा राई प्रथम वनेकी थिइन भने वुद्ध आर्दश वोडिङ स्कुलका सत्कर्म योगि दोस्रो वनेका थिए ।

प्रतियोगितामा एप्पल मन्टेश्वरीकी करिश्मा राई तेस्रो स्थान वनेकी थिइन ।

त्यसैगरी प्रतियोगिता अन्तर्गत फुटवलतर्फ हिविस्कस इङलिस वोडिङ स्कुल प्रथम बनेको थियो भने डिपि विलिवर्स वोडिङ स्कुल धरान दोस्रो वनेको थियो ।

प्रतियोगितामा जोलसाया एकेडेमीका कुसल राई उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

त्यस्तै चेस खेल प्रतियोगितामा जोलसाया एकेडेमीका सोनिप राई प्रथम हुन सफल वनेका थिए भने एक्वा एकेडेमीका प्रनाम राई दोस्रो स्थान हुन सफल वनेका थिए ।

प्रतियोगितामा डिपि विलिभर्स वोडिङका अनुष थापा मगर तेस्रो वनेका थिए ।

यता टेवल टेनिसको सिनियर गल्सतर्फ एक्वा वोडिङ स्कुलकी श्रृष्टी राई प्रथम वनेकी थिइन भने हिविस्कस स्कुलकी समिक्षा राई दोस्रो हुन सफल भएकी थिइन ।

त्यस्तै व्वाइज सिनियरमा डिपि विलिवर्सका अनमोल विष्ट प्रथम भएका थिए भने हिविस्कस वोडिङका स्मारक राई दोस्रो वनेका थिए ।

त्यसैगरी जुनियर गल्समा देउराली चिल्ड्रेन एकेडेमीकी अनुष्का सुनार प्रथम भएकी थिइन भने हिविस्कस स्कुलकी प्रोविका लामा दोस्रो वन्न सफल भएकी थिइन ।

यता जुनियर व्वाइज तर्फ एक्वा स्कुलका निसव भण्डारी प्रथम भएका थिए भने डिपि विलिभर्सका संगम राई दोस्रो भएका थिए ।

विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगाराम राई र धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम वेघाले ट्रफि, मेडल तथा प्रमाण– पत्र प्रदान गरेका थिए ।

विद्यार्थीहरुको सर्वाङिण विकासको लागि कार्यक्रमहरु आयोजना गर्दै आएको सिएससिका अध्यक्ष गंगाराम राईले वताए ।

२०७६ सालमा स्थापना गरीएको सो सर्कलले यस अघि पनि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ ।

एको छ ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic