हिबिस्कस क्विज मेनियाको उपाधि आयोजकको पोल्टामा

  • पुस १३, २०८१
  • २,९६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुुषः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजकको पोल्टामा परेको छ ।

शनिवार भएको फाईनल चरणमा आयोजक हिविस्कस इङ्लिस वोडिङ स्कुलले अन्य सहभागी स्कुललाई पछि पार्दै सो उपाधि हात पारेको हो ।

HIBISCUS NEWS PHOTO = 2 1 उपाधिसंगै हिविस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा महेन्द्र मा.वि चक्रघट्टील दोस्रो स्थान हात पार्न सफल वनेको छ । महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण– पत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा मेघा हिमालयन वोडिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । मेघा हिमालयनले नगद ८ हजार मेडल र प्रमाण–पत्र हात पारेको छ ।

त्यसैगरी तियोगितामा आरम्भ विद्या मन्दिर रामधुनीले चौथो स्थान हात पारेको छ । उसले नगद ६ हजार सहित प्रमाण–पत्र हात पारेको छ ।

प्रतियोगितामा धरान स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले पाचौ स्थानमा जीत निकाल्न सफल वनेको छ । विष्णुले नगद ४ हजार सहित प्रमाण–पत्र हात पारेको छ ।

प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले छैटौ पुरस्कार हात पार्न सफल वनेको छ । उसले नगद २ हजार सहित प्रमाण–पत्र हात पारेको छ ।

HIBISCUS NEWS PHPOTO = 4 प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले विजयीहरुलाई नगद ट्रफि मेडल प्रदान गरेकी थिइन ।

कायैक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, निर्णायक नउदिप साह, लगायतले पुरस्कार, मेडल र प्रमाण–पत्र बितरण गरेका थिए ।

स्कुलका सल्लाहकार पवन झाले विद्यार्थीहरुको पढने वानीको विकास गर्नका साथै वौीद्धक क्षमतामा वृद्धि गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएको वताए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय कायस्थले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका पढाईलाई समेत प्रोत्साहन मिल्ने वताइन ।

उनले धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न यस्ता खाले प्रतियोगिताले थप टेवा मिल्ने वताइन ।
प्रतियोगितामा ४२ स्कुलले सहभागीता जनाएका थिए ।

विद्यार्थीैहरुको वौद्धिक विकास गर्नको लागि स्कुलले यो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिदै जाने स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको भनाई रहेको छ ।

कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरेका थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic