धरानको शिक्षा महाशाखालाई डिपी विलिभर्स वोडिङको चुनौति अनुमति नलिई ९ र १० कक्षा संचालन,पढाई वोडिङमा एइ प्राइभेटमा

  • पुस २३, २०८१
  • ७,७८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुषः धरान–५ स्थित डिपी विलिभर्स वोडिङ स्कुलले धरान उपमहानगरपालिका शिक्षा महाशाखालाई चुनौति दिदै स्विकृति नलिई माध्यमिक तहको कक्षा सञ्चालन गरेको छ ।

डिपि विलिभर्सले ९ र १० कक्षा सञ्चालनको स्विकृति नलिई गैरकानुनी रुपमा संचालन गरेको हो ।

स्कुलले कक्षा ९ र १० पढाएपनि एसइई परीक्षा भने मोरङको एक प्राइभेट संस्थाबाट दिने गरेको छ ।

प्राइवेटबाट परिक्षा दिनको लागि काुननी रुपमा छुट्टै प्राइवेट पढाउन अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर स्कुलले एइईको लागि अनुमति नलिई नै कक्षा संचालन गरी विद्यार्थी वाहिर लाने गरेको छ ।

डिपि विलिभर्सको कक्षा ८ सम्म मात्र पढाउनको लागि कानुनी रुपममा स्विकृति रहेको छ । स्कुलले वोडिङको रुपमा महंगो शुल्क विद्यार्थी पढाउने गरेता पनि परिक्षा भने अरुबाट दिन लगाउने गरेको छ जुन कानुनी रुपमा गैरकानुनी हुने विज्ञहरुको भनाई रहेको छ ।

प्राइभेट परीक्षा दिने गरी कक्षा सञ्चालन भएको र विद्यार्थीहरु र अभिभावक समेत सहमति भएको स्कुलका प्रिन्सिपल सन्जिप वान्तावाले दावी गर्नुभएको छ ।

अनुगमनका क्रममा भौतिक पूर्वाधारको अभावमा स्कुललाई कक्षा ९ र १० संचालनको लागि स्विकृति दिन नसकिएको शिक्षा महाशाखा अधिकृत गणेश खतिवडाको भनाई रहेको छ ।

खतिवडाको अनुसार स्विकृति नलिईकन कक्षा संचालन नगर्न स्कुललाई चेतावनि समेत दिइसकेको थियो तर शिक्षा महाशाखाको चेतावनिलाई समेत चुनौति दिदै स्कुलले कक्षा ९ र १० संचालन गर्दै आएको छ । स्कुलको भौतिक पूर्वाधार कमजोर अवस्था रहेको छ ।

खतिवडाका अनुसार स्कुलले कक्षा ८ सम्मको मात्र स्विकृति लिएको छ ।

शिक्षा महाशाखाले अनुमति नलिइ कक्षा संचालन नगर्न सचेत गराएपनि त्यसलाई चुनौतिदिदै हालसम्म पनि कक्षा संचालनमा रहेको छ ।

हाल स्कुलको भौतिक संरचना अनुसार अध्यापन गर्ने वातावरण नभएकाले स्वीकृति नदिएको खतिवडाको भनाई रहेको छ । स्कुलले कक्षा ९ र १० को स्विकृत लिनको लागि आवेदन दिएपनि स्विकृत दिएको छैन ।

स्कुलले २ वर्ष अगाडी कक्षा ८ सम्मको मात्र अनुमति लिएको शिक्षा महाशाखाले जनाएको छ । महाशाखा अनुसार स्कुलको भौतिक संरचना र वातावरण नभएकाले कक्षा ९ र १० अनुमति नदिइएको हो । प्रिन्सिपल राईका अनुसार कक्षा ९ मा १३ र कक्षा १०मा ११ जना विद्यार्थीहरू अध्ययन गरीरहेकाछन् ।

स्कुलका प्रिन्सिपल सञ्जीव राईले भने विद्यार्थीको परीक्षा अन्योलमा नरहेको जिकिर गर्दै विद्यार्थीहरूलाई एसइई परीक्षा दिन मोरङको सुकुना स्कुल मा.विबाट दिनको लागि फर्म भर्ने व्यवस्था गरीएको वताए । कक्षा १० का कतिपय विद्यार्थीले प्राइभेट परीक्षा दिन नमानेर पुनः कक्षा ९ मै पढी रहेको पाईएको छ।

स्कुलले अर्को वर्ष अनुमति पाएपछि मात्र एसइई दिने बताउँदै कक्षा ९ मै अध्ययन गराएको प्रिन्सिपल राईको भनाई छ ।
राईले कक्षा ९ र १० को अनुमति नभए पनि स्कुलमा अघिल्लो वर्षदेखि विद्यार्थीहरूलाई कक्षा ९ र १० मा अध्यापन गराइँदै आएको बताए ।

विद्यार्थी र अभिभावकहरू प्राइभेटमा परिक्षा दिन र स्कुलमा पढाउन मन्जुर भएको प्रिन्सिपल राईको दावी रहेको छ ।
राईका अनुसार अघिल्लो वर्ष देखि नै प्राइभेट परीक्षा विद्यार्थीहरूले दिदै आएकाछन् ।

आफूले कक्षा ९ र १० सञ्चालनका लागि अनुमति लिन पटक पटक निवेदन दिएपनि स्कुलको भौतिक संरचनाको अभाव देखाउदै शिक्षा शाखाले अनुमति नदिएको उनको भनाई छ ।

यद्यपि प्रिन्सिपल राईले भने आफूहरुसंग पयाप्त पूर्वाधार रहेको जिकिर गर्दै आएकाछन् ।

स्कुलले प्राइभेट एसइई परीक्षा दिलाए पनि प्राइभेट परीक्षालाई नेपाल सरकारले सरकारी सेवा र लोक सेवा आयोगमा समेत हालसम्म स्विकार भने गरेको छैन ।

यो स्थिति विद्यार्थीहरूको भविष्यको लागि गम्भीर हो ।
स्विकृत नलिई कक्षा संचालन गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने स्कुलका विषयमा गम्भिर वन्नु पर्ने कानुनी दायरामा ल्याउनु पर्ने अभिभावकको माग रहेको छ ।

सो विषयमा शिक्षा महाशाखा गम्भिर वन्न जरुरी छ ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic