धरान प्लस टु अरेटरी च्यालेन्जमा १७ छनौट

  • माघ १, २०८१
  • ४५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघः विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित धरान प्लस टु अरेटरी च्यालेन्जूको पहिलो अडिसनमा १७ जना छनौट भएकाछन् ।

धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा मंगलवार भएको सो छनौट प्रतियोगितामा उनीहरु छनौट भएका हुन् ।

¥याडिकल लाईट नेपाल प्रा.लि.धरानको सभाहलमा भएको प्रतियोगिताबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन।

RADICFLA NEWS = 2 FINAL

सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.वि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.वि. सृष्टि लुईटेल रहेका छन।

यसैगरी धरान आदर्श बोर्डिङ मा.वि.का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.वि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई,डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन।

अन्य सेमिफाइनलमा प्रबेश गर्नेहरुमा धरान(मेघा हिमालयनका क्याथ्रीन योन्जन,किरातेश्वर मा.वि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा.वि का स्मृति लिम्बु रहेका छन।

सहभागिहरुले ूबढ्दो भ्रष्टाचारले देश बिकासमा पार्ने असर  शिर्षकमा बोलेका थिए।

बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.वि.का शिक्षक टंक भट्टराई थिए।

धरान उप–महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका बिभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो।

कार्यक्रममा सहिद स्मृति मा.वि.का प्रधानाध्यापक राम बहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठको उपस्तिथि थियो।कार्यक्रमको संंचालन आहाना प्रधानले गरेकी थिइन ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic